+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

दशैंअघिको एक साता मूल्य उच्च दरमा बढेका यी १० कम्पनी

अनलाइनखबर अनलाइनखबर
२०८१ असोज २९ गते ९:३८

२९ असोज, काठमाडौं । दशैंको बिदा सकिएसँगै आज मंगलबारदेखि सेयर कारोबार खुल्दैछ । दशैंअघिको एक सातामा ७० अंक बजार बढेको थियो । दशैंअघिको एक साता २.७ प्रतिशतले बजार बढ्दा कम्पनीको मूल्य भने १९ प्रतिशतसम्म बढेको छ ।

दशैंअघिको एक साता बजारमा जम्मा ४ दिन मात्रै कारोबार भएको थियो । सो ४ दिनमा सबैभन्दा धेरै मूल्य बढेका १० कम्पनीमा सबै हाइड्रोपावर पर्न सफल भए । अघिल्ला सातासम्म मूल्य धेरै बढ्नेमा फाइनान्सको वर्चस्व रहेकामा दशैं सुरु (घटस्थापना) पछिको साता भने हाइड्रोपावर कम्पनीहरु अगाडि रहे ।

४ दिन कारोबार हुँदा मूल्य सबैभन्दा धेरै अर्थात् १९ प्रतिशत बढेको कम्पनी हो– मिड सोलु हाइड्रोपावर ।

त्यस्तै पिपुल्स हाइड्रोपावर, अपर स्याङ्गे हाइड्रोपावर, राप्ती हाइड्रोपावर, अपर सोलु हाइड्रो इलेक्ट्रिक कम्पनी, युनाइटेड मोदी, जोशी हाइड्रोपावर, बुटवल पावर, दिव्यश्वरी हाइड्रोपावर र माण्डु हाइड्रोपावर क्रमशः अगाडि रहे ।

दशैंअघिको साता मूल्य उच्च दरमा बढेका यी १० कम्पनी

कम्पनी अन्तिम मूल्य (रुपैयाँ) वृद्धिदर (प्रतिशत)
मिडसोलु हाइड्रोपावर ११४१ १९.०
पिपुल्स हाइड्रोपावर ४१५.३० १८.६६
अपर स्याङ्गे हाइड्रोपावर ९०८ १४.५३
राप्ती हाइड्रो ४२३.७० १२.९९
अपर सोलु हाइड्रो ५०४ १२.४७
युनाइटेड मोदी ३३८.८० ११.६७
जोशी हाइड्रोपावर ३१८ ११.१९
बुटवल पावर ४७५.३० ११.०५
दिव्यश्वरी हाइड्रोपावर २५२ १०.०४
माण्डु हाइड्रोपावर ९५३ ८.९१
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?