
१ कात्तिक, काठमाडौं । होटल व्यवसायीको आयोजनामा भएको योगा महोत्सव सकिएको छ ।
होटल एसोसिएसन नेपाल (हान), हान–गण्डकी प्रदेश, हान–पोखरा च्याप्टर र पूर्ण योगा रिट्रिट सेन्टरको आयोजनामा भएको महोत्वसव ३० असोजमा सकिएको हो ।
महोत्सवमा हान महासचिव साजन शाक्यले मुलुकमा योगा पर्यटनको सम्भावनालाई यस कार्यक्रमबाट ठूलो टेवा पुग्ने बताए ।
उनले मुलुकमा सभा, सम्मलेन तथा विवाह गन्तव्यसँगै वेलनेस तथा योगा र ट्रेकिङ/ट्राभलका लागि नेपाल आउने पर्यटक लक्षित गर्दै कार्यक्रम आयोजना गरिएको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4