+
+

टीआरसी : सर्च कमिटीलाई पूर्णता दिन शीर्ष नेताहरु सहमत

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १ गते २०:१५

१ कात्तिक, काठमाडौं । सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता व्यक्तिको छानबिन आयोगका पदाधिकारी सिफारिसका लागि गठित सर्च कमिटीलाई पूर्णता दिन प्रमुख तीन दल सहमत भएका छन् ।

प्रधानमन्त्री निवास बालुवाटारमा बिहीबार बसेको बैठकमा संक्रमणकालीन न्यायसम्बन्धी आयोग छिटो गठन गर्नेबारे छलफल भएको बैठकमा सहभागी माओवादी केन्द्रका उपमहासचिव शक्तिबहादुर बस्नेतले बताए ।

बेपत्ता पारिएका व्यक्तिको छानबिन, सत्य निरुपण तथा मेलमिलाप आयोग ऐनलाई संसदले संशोधन गरिसकेको छ । तर हाल सत्य निरुपण तथा मेलमिलाप आयोग र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग पदाधिकारीविहीन छन् ।

सरकारले यसअघि नै पूर्वप्रधानन्यायाधीश ओमप्रकाश मिश्रको नेतृत्वमा दुबै आयोगका पदाधिकारी सिफारिस समिति (सर्च कमिटी)  गठन गरेको थियो । तर राष्ट्रिय मानवअधिकार आयोगले सदस्य नपठाएपछि सिफारिस समितिले पूर्णता पाउन सकेको थिएन ।

बिहीबार प्रधानमन्त्री केपी शर्मा ओली, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा मा‌ओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच सर्च कमिटीलाई पूर्णता दिने सहमति माओवादी उपमहासचिव बस्नेतले बताए । ‘अब सरकारले आयोगलाई सदस्य पठाउन आग्रह गर्छ’,उनले भने ।

उपमहासचिव बस्नेतका अनुसार एक दुई दिनभित्रै सर्च कमिटीले पूर्णता पाउँछ । महान्यायाधिवक्ता रमेश बडालले पनि संक्रमणकालीन न्यायसम्बन्धी आयोगमा पदाधिकारी नियुक्ति प्रक्रिया अगाडि बढाउने विषयमा सकारात्मक छलफल भएको जानकारी दिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?