+

साफ वुमन्स च्याम्पियनसिप : पहिलो हाफमा भारतलाई ४-१ को अग्रता

२०८१ कात्तिक  १ गते १८:२९ २०८१ कात्तिक १ गते १८:२९
साफ वुमन्स च्याम्पियनसिप : पहिलो हाफमा भारतलाई ४-१ को अग्रता

१ कात्तिक, काठमाडौं । आज देखि सुरु भएको साफ वुमन्स च्याम्पियनसिप २०२४ को पहिलो खेलमा भारतले पाकिस्तान विरुद्ध पहिलो हाफमा ४-१ को अग्रता बनाएको छ ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भईरहेको खेलमा भारतले सुरुवात देखि नै पाकिस्तानमाथि दबाब बनाएको थियो ।

खेलको पाँचौ मिनेटमै डाङ्गमेई ग्रेसले गोल गर्दै भारतलाई अग्रता दिलाइन्। यस्तै मनिषा कल्यानले १७औं मिनेटमा गोल गर्दै भारतको अग्रता दोब्बर पारिन्।

३५ औं मिनेटमा बाला देवीले गोल गरपछि भारतले ३-० को अग्रता बनायो । बक्स भित्र प्राप्त ईनडाईरेक्ट फ्रिकिकमा मनिषाले बाला देवीलाई सट पास दिएकी थिईन् र त्यसमा बालादेवीले गोल गर्दै भारतका लागि आफ्नो ५० औं अन्तर्राष्ट्रिय गोल पूरा गरिन् ।

भारतका लागि डाङ्मेई ग्रेसले ४२ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गरिन् ।पाकिस्तानले पहिलो हाफको ईन्जुरी टाईममा पेनाल्टीमा गोल फर्कायो । पहिलो हाफको ईन्जुरी टाईममा पाकिस्तानकी सुहा हिरानीले पेनाल्टीमा गोल गरेकी हुन्।

भारतकी अशलता देवीले नादिया खानलाई फल गरेपछि पाकिस्तानले पेनाल्टी पाएको थियो र त्यसमा हिरानीले सहजै गोल गरिन्।

प्रतीयोगितामा सर्वाधिक ५ पठक उपाधि जितेको भारत पहिलो खेल जित्दै सेमिफाईनल नजिक पुग्ने अवसर छ।

समूह ए मा भारत र पाकिस्तानसहित साविक विजेता बंगलादेश छ ।

साफ वुमन्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय