३ कात्तिक, काठमाडौं । यही अक्टोबर २३ देखि २७ सम्म स्पेनको भ्यालेन्सियामा आयोजना हुने एफआइए मोटरस्पोर्ट गेम्स २०२४ मा नेपाली खेलाडीहरुले पनि सहभागित जनाउने भएका छन् ।
अन्तर्राष्ट्रिय अटोमोवाइल फेडेरेसन (एफआईए) को आयोजनमा ओलम्पिक फर्म्याटमा हुने विश्वकै सबैभन्दा ठूलो अन्तर्राष्ट्रिय मोटरस्पोर्टसको प्रतियोगितामा यसपटक तीन नेपाली ड्राइभरले सहभागीता जनाउने नेपाल अटोमोबाइल्स एशोसिएसन नासाले जनाएको छ ।
विभिन्न विधा समावेश रहेको मोटरस्पोर्ट गेम्समा नेपाली टिमले दुई विधामा भाग लिनेछ । ई-स्पोर्टस जिटि (इस्पोर्ट्स जिटी) विधामा दिप्रश शाक्यले प्रतिस्पर्धा गर्नेछन् भने कृष्ण प्रसाद पौडेल र प्रज्ञा कंडेलले अटो स्लालममा प्रतिस्पर्धा गर्नेछन् । उनीहरुले चुनौतीपूर्ण कोर्स र प्रतिस्पर्धामा आफ्नो क्षमता, स्किलस र स्पिडको प्रदर्शन गर्नेछन ।
सुरुवातमा कार्टस् ड्राइभर रहेका दिप्रश शाक्य नेपाली सिम-रेसिङ्गका उत्कृष्टमध्येका ड्राइभर हुन भने कृष्णप्रसाद पौडेल एशिया प्यासिफिक अटोजिमखाना च्याम्पियनशिपका प्रतिस्पर्धि र एथलेट कमिसनका संयोजक समेत हुन । त्यसैगरी बैंक अफिसर रहेकी प्रज्ञा नेशनल अटोक्रसकी सफल प्रतिस्पर्धि तथा मोटरस्पोर्टस् लाइसेन्स होल्डर ड्राइभर हुन् ।
प्रत्येक दुई वर्षमा हुने सो प्रतिष्ठित अन्तर्राष्ट्रिय प्लेटफर्ममा विश्वका पचासौं देशका खेलाडीहरुसँग प्रतिस्पर्धा हुने हुँदा नेपाली खेलाडीले यसलाई आफ्नो कौशलता प्रर्दशन गर्ने ठूलो अवसरको रुपमा लिएका छन् ।
नेपाल अटोमोवाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल नेपाली टिमको अफिसियल डेलिगेट र टिम व्यवस्थापकमा यदुराज लामिछाने छन् । देशमा भर्खरै लोकप्रिय बन्दै गरेको मोटरस्पोटर्सको प्रर्वद्घन र प्रमोसनमा तथा विश्वस्तरीय ड्राइभरहरु तयार गर्न यस किसिमको अन्तराष्ट्रिय सहभागिता र टिमले थप मदत पुग्नेछ ।
अगिल्लो संस्करण २०२२ का समेत टिम व्यवस्थापक रहेका यदुराज लामिछानेले मोटरस्पोर्ट गेम्स २०२४ मा नेपालको प्रतिनिधित्व गर्न पाउँदा नेपाली मोटरस्पोर्टले गर्व महसुश गरेको र गेम्सको उत्कृष्ट प्रतिस्पर्धिहरुसँग प्रतिस्पर्दा गर्न खेलाडीहरु उत्सुक भएको बताएका छन् ।
नेपाल अटोमोबाइल्स एसोसिएसनका अध्यक्ष दशरथ रिसाल भन्छन्, ‘यो केवल प्रतिस्पर्धा मात्र होइन, नेपालको बढ्दो मोटरस्पोर्टस संस्कृतिलाई प्रदर्शन गर्ने अवसर पनि हो ।’
केही वर्ष अघिदेखि मात्रै सुरु भएको एफआईए मोटरस्पोर्टसँगै एशिया संस्करण एसिया प्यासेफिक मोटरस्पोर्ट च्याम्पियनशिप, एशिया प्यासिफिक अटोजिमखाना च्याम्पियनशिप, ओलम्पिक इस्पोर्टस सिरिज समेतमा नेपाली टिमले नियमित सहभागि भइरहेका छ ।
प्रतिक्रिया 4