+
+

यस्ता छन् १०० दिनमा कृषिमन्त्रीले दाबी गरेका ४४ बुँदे प्रगति

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ५ गते १५:२६

५ कात्तिक, काठमाडौ । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले आफ्नो सय दिने उपलब्धि सार्वजनिक गरेका छन् ।

सोमबार मन्त्रालयमा पत्रकार सम्मेलन गर्दै मन्त्री अधिकारीले मन्त्रालयले निर्धारण गरेको लक्ष्य अनुसार नै काम गरेको दाबी गरेका छन् ।

मन्त्रालयको आन्तरिक व्यवस्थापनका साथै दुग्ध तथा उखु किसानले पाउनु पर्ने रकम उपलब्ध गराउने सहितका काम आफूले गरेको उनको भनाइ छ ।

नीतिगत सुधारका केही कामहरू पनि थालनी गरेका बताउँदै मन्त्री अधिकारीले भने, ‘आगामी दिनमा सांगठनिक र नीतिगत सुधारमै ध्यान केन्द्रित गरिनेछ ।’

कृषि क्षेत्रमा उत्पादन र उत्पादकत्व वृद्धि, किसानलाई सहज मल, बिउ र बजारको उपलब्धता, कृषि पेसामा युवालाई आकर्षण गराउँदै आधुनिक कृषि प्रणालीका लागि लगानी अभिवृद्धिका लागि काम गरिने प्रतिबद्धता जनाउँदै मन्त्री अधिकारीले सय दिनमा ४४ बुँदे प्रगति विवरण सार्वजनिक गरेका छन् ।

हेर्नुहोस् कृषिमन्त्रीका सय दिने प्रगति विवरणहरू :

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?