५ कात्तिक, काठमाडौं। नेपाली कांग्रेसका उपसभापति पूर्णबहादुर खड्का प्रमुख रहेको नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान विस्तार गरिएको छ ।
उपसभापति प्रतिष्ठानको प्रमुख हुने विधानको व्यवस्था अनुसार सभापति शेरबहादुर देउवाले २०७९ को असारमा खड्कालाई प्रमुखमा नियुक्त गरेका थिए ।
उपसभापति खड्काले आफू संयोजक भएको २७ महिना पछि १८ जना सदस्य प्रतिष्ठानमा थपेका छन् । प्रतिष्ठानमा बढीमा ५१ जना रहने व्यवस्था छ । प्रतिष्ठानको निर्देशकमा डा.सुरेश आचार्यलाई मनोनित गरिसकिएको छ ।
उपसभापति खड्काले आज थपेका प्रतिष्ठानका सदस्यमा कविराज पण्डित, डा. जगदीशचन्द्र पोखरेल, छन्दबहादुर पहराई, विजुला वर्मा,डा. केदारनरसिंह के.सी., रिना उप्रेती (के.सी.), वीरेन्द्र यादव, डा. कृष्णप्रसाद पौडेल, भरत प्रसाई, कमल कार्की, बलदेव तिमिल्सिना छन् ।
प्रतिष्ठानमा मनोनित भएका थप सदस्यमा डोलराज भुसाल, प्रताप पौडेल, हजारी नेपाली (वादी), विश्वदिप लामिछाने, नाहिदा परविन, भवानी पन्त र अनार बस्नेत छन् ।
प्रतिक्रिया 4