+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

गैरसदस्यलाई ५० प्रतिशत सेयरको सुविधा नदिने चलचित्र निर्माता संघको निर्णय

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ६ गते १२:४३

काठमाडौं । संस्थाका सदस्य नभएका निर्माताले हलबाट ५० प्रतिशत सेयरको सुविधा नपाउने निर्णय चलचित्र निर्माता संघले गरेको छ । कार्यसमिति बैठकको यो निर्णय कार्यान्वयनका लागि प्रदर्शक संस्था चलचित्र संघलाई लेखी पठाउने समेत निर्णय भएको अध्यक्ष नवल खड्काले बताए ।

गैरसदस्यलाई हलमा निःशुल्क देखाइने तीन मिनेटको ट्रेलर सुविधा समेत कटौती गर्ने निर्णय भएको अध्यक्ष खड्काले जनाए । ‘संघले लडेर ल्याएका हकअधिकार उपभोग गर्ने र उल्टै संघको बदनाम गर्ने गैरसदस्यप्रति यो निर्णय लक्षित छ’ अध्यक्ष खड्काले भने, ‘संघलाई बाइपास गरेर जाने अनि हामीले लडेर ल्याएका अधिकार उपभोग गर्ने कार्य उचित छैन ।’

गत वर्ष निर्माता संघ र चलचित्र संघबीच ५०-५० प्रतिशत सेयर बाँडफाँटको सहमति भएको थियो । यो सहमतिमा प्रदर्शक संस्थाका अध्यक्ष वीरेन्द्रनारायण श्रेष्ठ र निर्माता संघबाट अध्यक्ष खड्काले हस्ताक्षर गरेका थिए ।

दुई संस्थाले यस्तो निर्णय गर्दा निर्मातालाई फाइदा पुगेको उदाहरण खड्काले पेश गरे । ‘महाजात्रा फिल्मलाई यो निर्णयबाट ८४ लाख फाइदा पुग्यो’ उनले भने । पछिल्लो समय गैरसदस्यले निर्माता संघविरुद्ध सार्वजनिकरुपमा अभिव्यक्ति दिइरहेको समेत खड्काले जनाए ।

‘हामी हाम्रा सदस्यको अधिकारका लागि पैरवीबाट पछि हट्दैनौं’ उनले भने । एकै मितिमा दुईभन्दा बढी नेपाली फिल्म रिलिज गर्न नपाइने निर्णयको तयारी समेत भएको खड्काले जनाए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?