+
+

माओवादीको केन्द्रीय राहत कोषमा बुद्धिजीवी संगठनले दियो ५ लाख

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते ९:१७

७ कात्तिक, काठमाडौं । नेकपा माओवादी केन्द्र निकट नेपाल बुद्धिजीवी संगठनले बाढीपहिरो पीडितको सहयोगका लागि भन्दै पाँच लाख २५ हजार रुपैयाँ पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको छ ।

माओवादी केन्द्रले स्थापना गरेको केन्द्रीय राहत कोषमा रहने गरी संगठनले सो रकम पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको हो ।

संगठनका संगठनका इञ्चार्ज खिमलाल देवकोटाको उपस्थितिमा अध्यक्ष कृष्ण केसी लगायतका पदाधिकारीहरुले पाँच लाख २५ हजार रुपैयाँको चेक पार्टी अध्यक्ष प्रचण्डलाई हस्तान्तरण गरेको प्रचण्डको सचिवालयले जनाएको छ ।

चेक ग्रहण गर्दै अध्यक्ष प्रचण्डले बाढीपहिरो पीडितको सहयोगका लागि बुद्धिजीवी संगठनले लिएको पहलकदमीका लागि धन्यवाद व्यक्त गरे । पार्टीले बाढीपहिरो पीडितको उद्धार, राहत र पुनर्स्थापनाका लागि पहलकमदी लिएको जानकारी दिंदै उनले सरकारको ध्यानाकर्षण गराउने र पार्टी आफैंले पनि कार्यकर्ता परिचालन गर्ने काम गरेको बताउनुभयो ।

विपद्बाट ठूलो क्षति भएकाले सबै मिलेर अब पुनर्निर्माण र पुनर्स्थापनामा जोड दिनुपर्ने प्रचण्डले बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?