+
+

राष्ट्रिय सूचना आयोगले माग्यो प्रमुख सूचना आयुक्त र सूचना आयुक्त

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ७ गते ९:३५

७ कात्तिक, काठमाडौं । राष्ट्रिय सूचना आयोगको प्रमुख सूचना आयुक्त र सूचना आयुक्त पदका लागि दरखास्त आह्वान गरेको छ । आयोगको पदाधिकारी नियुक्ति सिफारिस सम्बन्धी सचिवालयले बुधबार एक सूचना जारी गर्दै दरखास्त खुलाएको हो ।

आयोगको प्रमुख आयुक्त तथा आयुक्त दुवै पदका लागि मान्यता प्राप्त विश्वविद्यालयबाट कम्तीमा स्नातकको उपाधि हासिल गरेको, तथा आमसञ्चार, कानुन न्याय, सार्वजनिक प्रशासन, सूचना प्रविधि वा व्यवस्थापनको क्षेत्रमा कम्तीमा १५ वर्षको अनुभव हासिल गरेको, ६५ वर्ष उमेर ननाघेको र ऐनको दफा १३ बमोजिम अयोग्य नभएको योग्यता तोकेको छ ।

आयोगमा एक प्रमुख सूचना आयुक्त र २ सूचना आयुक्त गरी ३ जना सदस्य हुन्छन् । जसमा एकजना महिला अनिवार्य गरिएको छ । पदाधिकारीको कार्यकाल सकिन लागेकाले सूचना आह्वान गरेको हो । ईच्छुकलाई कात्तिक १३ गतेसम्म आवदेन पेश गर्न सूचना भनिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?