काठमाडौं। आफ्नो प्लाटफर्मलाई अझै विशेष बनाउन तथा रियल टाइम अपडेट बढाउनका लागि सोसल मिडिया प्लाटफर्म एक्सले एउटा नयाँ फिचर लञ्च गरेको छ । उक्त नयाँ फिचरको नाम राडार हो । यद्यपि यो फिचर केवल प्रिमियम सब्सक्राइबरहरुका लागि मात्रै उपलब्ध छ ।
लाइभ कन्टेन्टहरुसँगै प्रयोगकर्ताको अन्तरक्रियालाई नयाँ सिराबाट परिभाषित गर्ने उद्धेश्यका साथ उक्त टूल तयार गरिएको हो । यसले रियल टाइम सर्चको सुविधा दिन्छ, जसबाट प्रयोगकर्ताले ट्रेण्डिंग शीर्षकहरु, समाचार तथा घटनाहरुलाई उहीँ समयमा फलो गर्न सक्दछन् ।
राडार के हो ?
राडार टूलल प्रिमियम प्लस प्रयोगकर्तालाई ट्रेण्डिंग टपिक्स, ताजा समाचार तथा लाइभ इभेन्टहरुका बारेमा हरेक सेकेण्डको अपडेट प्रदान गर्दछ । यो विगतका डेटा तथा सामान्य सर्च एल्गोरिदममा निर्भर हुने सामान्य सर्च फिचर भन्दा फरक रियल टाइम नतिजा दिनमा केन्द्रित हुन्छ। चाहे खेल अपडेट होस् वा राजनीतिक घटनाक्रम अनि भाइरल क्षणहरु नै किन नहोउन् राडारले प्रयोगकर्तालाई ती सामाग्रीहरु खोज्ने तथा त्यसमा जोडिन मौका प्रदान गर्दछ।
पहिले यो फिचर इन्साइट्सका नामले चिनिन्थ्यो र यो मुख्य रुपले बिजनेसहरुका लागि डिजाइन गरिएको थियो, जसबाट व्यवसायिक प्रयोगकर्ताहरुले एपभित्र विभिन्न टपिक्स तथा ट्रेण्डहरुको निगरानी गर्न सक्दथे । अहिले त्यहीँ फिचरलाई राडारको रुपमा रिब्रान्ड गरिएको छ ।
अधिक रुपमा सामाजिक सम्पर्कमा रहन चाहने तथा पेशामा नवीनतम जानकारीसम्म पहुँचको आवश्यकता रहेका व्यक्तिहरुका लागि यो फिचर निकै उपयोगी हुनेछ । खासगरी पत्रकार, कन्टेन्ट क्रिएटर्स, मार्केटर्स तथा ब्रेकिंग न्यूजमा रुची भएका सामान्य प्रयोगकर्ताहरुका लागि यो टूल दैनिक अनलाइन दिनचर्याको एक अनिवार्य हिस्सा मान्न सकिन्छ ।
कसरी काम गर्छ राडारले ?
राडारले सोसल मिडिया प्लाटफर्म एक्सको विशाल तथा तिव्र रुपमा परिवर्तित डाटा स्ट्रिमको प्रयोग गर्दछ ताकि लाइभ इभेन्टमा आधारित प्रासंगिक सामाग्रीहरुलाई अगाडि ल्याउन सकियोस्।
प्रयोगकर्ताहरुले की वर्ड वा ह्यासट्याग टाइप गर्न सक्दछन् र सामान्य सर्च नतिजाको साटो उनीहरुले उक्त जिज्ञासासँग सम्बन्धित नवीनतम अपडेटहरु प्राप्त हुनेछन् । त्यसलाई समय तथा प्रासंगिकताको आधारमा छानिएको हुन्छ । एजेन्सीको सहयोगमा
प्रतिक्रिया 4