+
+

‘महापुरुष’ लक्ष्मीपूजादेखि युट्युवमा रिलिज हुने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ११ गते १९:४७

काठमाडौं । हलमा व्यवसायिक सफलता प्राप्त गरेको फिल्म ‘महापुरुष’ अब युट्युवमा रिलिज हुने भएको छ । निर्माता कम्पनी षट्कोण आर्ट्सले यो फिल्म लक्ष्मीपूजाको अवसरमा १५ कात्तिकमा स्ट्रिमिङ हुने जनाएको हो ।

यो फिल्म यसअघि ओटीटी प्लाटफर्ममा समेत आइसकेको छ । केन्द्र मोसन पिक्चर्सको युट्युव च्यानलमा फिल्म रिलिज हुने निर्देशक प्रदीप भट्टराईले जनाए ।

हल र ओटीटीमा फिल्म नहेरेका दर्शकलाई युट्युवमा निःशुल्क हेर्ने सुविधा उपलब्ध हुनेछ । यसअघि यो फिल्मे सिनेमाघर, एमएसएम भिडिओ जस्ता ओटीटीमा रिलिज भैसकेको छ ।

बाबु र सन्तानको सम्बन्धको कथामा आधारित यो फिल्ममा हरिवंश आचार्य, मदनकृष्ण श्रेष्ठ, राजाराम पौडेल, गौरी मल्ल, नरेश पौड्याल, अरुण क्षेत्री, शिखा तामाङ, कोपिला थापा लगायतका कलाकारको अभिनय छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?