१३ कात्तिक, काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग टु अन्तर्गत अमेरिकामा भइरहेको सिरिजमा नेपालले आज स्कटल्याण्डसँग खेल्दैछ । डालासस्थित ग्राण्ड प्रेरी मैदानमा हुने खेलमा नेपालले टस जितेर पहिले फिल्डिङ गर्ने निर्णय गरेको छ ।
अमेरिका विरुद्ध खेलेको नेपाली टिममा आझ एक परिवर्तन गरिएको छ । स्पीनर ललित राजवंशीको स्थानमा स्पीन ब्याटिङ अलराउण्डर कुशल मल्ल पहिलो रोजाईँमा खेल्दैछन् । कुशल मल्लको आगमनले नेपालको ब्याटिङ तलसम्म हुनेछ ।
सिरिजको पहिलो खेलमा नेपाल अमेरिकासँग ३ विकेटले पराजित भएको थियो ।
तस्बीर: क्यान
प्रतिक्रिया 4