+

काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

२०८१ कात्तिक  १४ गते १२:०७ २०८१ कात्तिक १४ गते १२:०७
काठमाडौं महानगरले नेपाल र बंगलादेशबीचको फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने

१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिकाले साफ महिला च्याम्पियनसिप अन्तर्गत आज हुने फाइनल खेल तीन ठाउँमा लाइभ देखाउने भएको छ ।

नेपाल र बंगलादेश बीच हुने फाइनल खेल टुँडीखेल, चाबहिल गणेशस्थान चौरमा र सानो गौचरणमा लाइभ देखाउने महानगरले जानकारी गराएको छ ।

खेल साँझ साढे ६ बजेदेखि सुरु हुनेछ ।

सेमिफाइनलमा नेपालले भारतलाई र बंगलादेशले भुटानलाई हराएर फाइनलमा पुगेका हुन् । नेपाल र बंगलादेश दुवैले उपाधि जित्ने दाबी गरेका छन् ।

काठमाडौं महानगरपालिका साफ महिला च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय