+
+

कालापत्थरबाट ‘दिगो पर्यटनका लागि हिमाल बचाऔं’ अभियान घोषणा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १४ गते १३:०७

काठमाडौं । सगरमाथा क्षेत्रको कालापत्थरबाट जलवायु परिवर्तनबाट हिमाली क्षेत्रमा परेको असरबारे विश्वको ध्यानाकर्षण गराइएको छ ।

एएमएस कम्पनीको आयोजनामा आइतबार कालापत्थरको ५ हजार ६ सय ५३ मिटर उचाइमा आयोजित पत्रकार सम्मेलनमा सरोकारवालाले ‘दिगो पर्यटनका लागि हिमाल बचाऔं’ अभियानमा जुट्न अध्यक्ष सत्यकला तामाङ लामाले आह्वान गरिन् ।

आगामी डिसेम्बरमा काठमाडौंमा आयोजना हुन लागेको पहिलो संस्करणको ‘एभरेस्ट टुरिज्म अवार्ड २०२४’ बारे जानकारी दिने उद्देश्यले आयोजित पत्रकार सम्मेलनमा सोलुखुम्बु लुक्लाका पर्यटन व्यवसायी तथा समाजसेवी नाम्गेल शेर्पाले जलवायु परिवर्तनबाट यो क्षेत्र सबैभन्दा बढी प्रभावित भएको बताए ।

‘तपाईंहरूलाई थाहा नै छ, २०८० कात्तिकमा नेपाल भ्रमणमा आउनुभएका संयुक्त राष्ट्र संघका महासचिव एन्टोनियो गुटेरेसले पनि खुम्बु क्षेत्रमै आएर जलवायु परिवर्तनले पारेको असरबारे विश्वको ध्यानाकर्षण गराउने प्रतिबद्धता जनाउनुभएको थियो । यस विषयमा विश्वले बहसको विषय बनाउन जरुरी छ,’ उनले भने ।

आरोही मिङ्मातेन्जी शेर्पाले आफू १७ वर्षदेखि हिमालमा काम गरिरहेको र जलवायु परिवर्तनका कारण ठूलो असर देखिएको अनुभव सुनाए । ‘मैले सन् २००७ मा काम सुरु गर्दाको समय जस्तो अहिले छैन, जलवायु परिवर्तनकै कारण मौसम अस्थिर भएको छ । जसबाट खुम्बु क्षेत्र लगायत हिमालवासी सबैभन्दा बढी प्रभावित छन्,’ उनले भने ।

आयोजक एएमएसका अध्यक्ष लामाले पर्यटन क्षेत्रमा सक्रिय र जलवायु परिवर्तनका सम्बन्धमा सक्रिय व्यक्तित्व र संस्थालाई सम्मान तथा अवार्ड प्रदान गर्ने उद्देश्यले कार्यक्रम आयोजना गर्न लागिएको बताइन् । कार्यक्रममा ४० देखि ५० विधामा अवार्ड प्रदान गरिने छ ।

कम्पनीका प्रबन्ध निर्देशक फुर्बाग्याल्बो मोक्तानले जलवायु परिवर्तनले सबैभन्दा बढी हिमाली क्षेत्र प्रभावित भएको बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?