+

मुख्य प्रशिक्षकको स्वीकारोक्ति : अमिशालाई रिप्लेस गर्नु गल्ती भयो

२०८१ कात्तिक  १४ गते २१:४१ २०८१ कात्तिक १४ गते २१:४१
मुख्य प्रशिक्षकको स्वीकारोक्ति : अमिशालाई रिप्लेस गर्नु गल्ती भयो

१४ कात्तिक, काठमाडौं । नेपाली महिला फुटबल टिमका मुख्य प्रशिक्षक राजेन्द्र तामाङले अमिशा कार्कीलाई रिप्लेस गर्नु गल्ती भएको स्वीकार गरेका छन् ।

साफ वुमन्स च्याम्पियनसिपको उपाधिका लागि नेपालले बंगलादेशसँग खेलेको थियो । बुधबार दशरथ रंगशालमा भएको फाइनलमा नेपाल बंगलादेशसँग २-१ ले पराजित हुँदै फेरि उपविजेतामै सिमित भयो ।

५२औं मिनेटमा गोल खाएको नेपालका लागि अमिशाले ५६औं मिनेटमा बराबरी गोल फर्काएकी थिइन् । खेल १–१ को बराबरीमा रहेको अवस्थामा ७७औं मिनेटमा प्रशिक्षक तामाङले अमिशालाई बाहिर निकाले । उनको स्थानमा अनिता बस्नेत मैदान प्रवेश गरिन् ।

तर नेपालले ८१औं मिनेटमा गोल खायो र, त्यही गोलमा बंगलादेशले उपाधि उचाल्यो । खेलपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै मुख्य प्रशिक्षक तामाङले भने, ‘हामीले ट्राइ गरेको, भएन । अमिशालाई रिप्लेस गर्नु मिस्टेक भयो ।’

जित्नकै लागि खेलेपनि नतिजा ल्याउन नसकेको उनले बताए । ‘जित्ने नै अपेक्षा थियो । फुटबलमा हाम्रो पक्षमा आउँछ भन्ने पनि पक्का हुँदैछ । उनीहरुको पक्षमा आउँछ भन्ने पनि पक्का हुँदैन । खेललाई विश्लेषण गर्दा राम्रै भयो, तामाङले भने, ‘उनीहरुले अवसरमा गोल गरे । उनीहरुको एउटा गोल क्रस गर्दा हाम्रो किपर पनि तयार थिएन ।  हाम्रो डिफेण्ड ल्याक भयो । त्यसमा गोल खायौँ त्यसपछि हा व्यहोर्‍यौँ ।’

उनका अनुसार रेखा पौडेलको अनुपस्थिति पनि टिममा खड्कियो । भारतविरुद्ध सेमिफाइनलमा रातो कार्ड पाएका कारण उनले फाइनल खेल गुमाइन् ।

उनको स्थानमा सरु लिम्बुलाई खेलाइएको थियो । तर उनले अगाडि बढेर खेल्न सकिनन् । जसका कारण साबित्रा भण्डारी साम्बा मात्र अगाडि भइन् ।

मुख्य प्रशिक्षक तामाङ भन्छन्, ‘रेखा नहुँदा गाह्रो भयो । उनको काम जुन खेलाडीलाई गराउँछौं भनेको त्यो पनि भएन ।’

यस्तै पहिलो खेलमा घाइते हुँदै साफ गुमाएका हिरा भुजेल र दीपा शाही नहुँदा पनि नेपाललाई घाटा भयो । प्रशिक्षक तामाङले खेलाडीको चोटले गाह्रो भएको बताए । ‘बेन्च बलियो नभाको भन्दा पनि हाम्रो दुई खेलाडी घाइते भयो । पुजालाई पनि दुई खेल राखेर पुनरागमन गराएको हो भाइटल म्याच खेल्नु पर्छ भनेर । खेलाडीहरुको चोटले पनि गाह्रो भाको हो ।’

तामाङले योजना कमजोर भएको भन्दा पनि जित्दा ठिक हुने र हारेपनि राम्रो नदेखिने गरेको प्रतिक्रिया दिए ।

राजेन्द्र तामाङ साफ वुमन्स च्याम्पियनसिप
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय