+

उपविजेता महिला फुटबल टिमलाई काठमाडौं महानगरको नगदसहित सम्मान

२०८१ कात्तिक  १४ गते २३:२३ २०८१ कात्तिक १४ गते २३:२३
उपविजेता महिला फुटबल टिमलाई काठमाडौं महानगरको नगदसहित सम्मान

१४ कात्तिक, काठमाडौं । काठमाडौं महानगरपालिका साफ वुमन्स च्याम्पियनसिप २०२४ को उपविजेता नेपाली महिला फुटबल टोलीलाई बुधबार नगदसहित सम्मान गरेको छ । दशरथ रंगशालमा बुधबार साँझ भएको फाइनलमा नेपाल बंगालदेशसँग २-१ ले पराजित हुँदै उपविजेतामै सिमित भएको थियो ।

काठमाडौं महानगरपालिकाले बुधबारै राती सोल्टी होटलमा कार्यकम गर्दै टोलीका खेलाडीलाई १ लाख नगद र सम्मान पत्रसहित सम्मान गरेको हो ।

 

महानगरले नेपाली टिमका खेलाडी र अफिसियल सबैलाई गरेर कूल २७ लाख ५० हजारबाट सम्मान गरेको जनाएको छ । तर सम्मान कार्यक्रममा भने २५ लाखको डेमो चेक प्रदान गरिएको थियो ।

महानगरका मेयर बालेन्द्र शाह, उपमेयर सुनिता डंगोललगायतले खेलाडी र अफिसियललाई सम्मान गरे । सम्मान कार्यक्रममा एन्फा अध्यक्ष पंकज विकम नेम्वाङ लगायत एन्फा पदाधिकारी पनि उपस्थित थिए ।

महानगरले २३ खेलाडीर टिम लिडर सरिला श्रेष्ठ मलेकु, टिम म्यानेजर बिन्द्रा देवान, मुख्य प्रशिक्षक राजेन्द्र तामाङ, सहायक प्रशिक्षक भगवती थापा, गोलकिपिङ प्रशिक्षक विनोद महर्जन, टिम डक्टर ज्योती राई, फिजियो नविना श्रेष्ठ, पंकज बहादुर शाही, किट म्यानेजर विकास गुरुङलाई सम्मान गरेको हो ।

मेयर बालेनले नेपाली टिमलाई उपविजेता भएकोमा बधाई दिँदै सारा नेपाललाई जोड्ने काम गरेको भन्दै धन्यवाद दिए । उनले हारले दु:खी हुनु भन्दा अब आउने दिन राम्रो खेल्नुपर्ने बताए ।

उपमेयर सुनिताले एउटा नै अन्त्य नभएको र दुखी हुनु नपर्ने बताए ।

काठमाडौं महानगरपालिका साफ वुमन्स च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय