+
+

भारतका प्रसिद्ध अर्थशास्त्री विवेक देवरोयको निधन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १६ गते १२:४७

१६ कात्तिक, काठमाडौं । भारतका प्रसिद्ध अर्थशास्त्री तथा लेखक डा. विवेक देवरोयको ६९ वर्षको उमेरमा निधन भएको छ ।

उनी भारतीप प्रधानमन्त्री नरेन्द्र मोदीका आर्थिक सल्लाहकार परिषद्का अध्यक्ष समेत थिए । आन्द्रा बन्द भएको कारण शुक्रबार उनको निधन भएको एडीटीभीले उल्लेख गरेको छ ।

उनले भारतको आर्थिक सुधार तथा विकास रणनीति तय गर्न महत्त्वपूर्ण भूमिका निर्वाह गरिरहेका थिए ।

बेलायतको ट्रिनिटी कलेज तथा भारतको दिल्ली स्कुल अफ इकोनोमिक्समा अध्ययन गरेका देवरोयले पश्चिमा तथा पूर्वीय आर्थिक नीतिहरु दुवैमा दख्खल राख्ने भारतीय सञ्चार माध्यमहरूले जनाएका छन् ।

प्रधानमन्त्रीको आर्थिक सल्लाहकार परिषद्को अध्यक्ष हुनुअघि उनले नीति आयोगको सदस्यको जिम्मेवारी निर्वाह गरेका थिए । आयोगमा रहँदा उनले भारतीय रेलवेलाई आधुनिकीकरण गर्न भूमिका निर्वाह गरेका थिए ।

पूर्वीय साहित्यलाई अंग्रजीमा अनुवाद गर्ने काममा पनि उनले महत्त्वपूर्ण योगदान गरेका थिए । महाभारत, रामायण तथा चारवटै वेदलगायत विभिन्न संस्कृत कृतिहरूलाई उनले अंग्रेजीमा अनुवाद गरेका थिए ।

भारतीय प्रधानमन्त्री मोदीले उनलाई ‘टावरिङ स्कलर’ भन्दै अर्थशास्त्र, इतिहास, संस्कृति, राजनीतिक, अध्यात्मलगायत क्षेत्रमा उनी पारङ्‍गत रहेको बताएका छन् ।

आफ्ना काममार्फत रेवरोयले भारतको प्राज्ञिक क्षेत्रमा अमिट छाप छोडेको पनि उनले सामाजिक सञ्जाल एक्समा उल्लेख गरेका छन् । राजनिक नीतिमा योगदान गर्नुका अलावा उनले प्राचीन ग्रन्थहरूलाई युवाहरूको पहुँचमा पुर्‍याएको पनि मोदीले उल्लेख गरेका छन् ।

सुशासन र नीति निर्माणमा देवरोयको योगदान विशाल रहेको भारतीय विदेशमन्त्री एस जयशंकरले उल्लेख गरेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?