+
+

प्रधानमन्त्री ओलीले दिए तिहारको शुभकामना

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक १८ गते १०:२८

१८ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् । उनले तिहारले सबै नेपालीमा उमंग ल्याउन शुभकामना पनि दिएका छन् ।

प्रधानमन्त्री ओलीले भाइटीकाको अवसरमा सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति र उमङ्गको कामना गर्दै भाइटीकाले दिदीबहिनी र दाजुभाइबीच थप स्नेह जागृत गर्ने विश्वास पनि लिएका छन् ।

‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबीचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान् पर्व भाइटीका, समस्त दिदीबहिनी तथा दाजुभाइको जीवनमा उज्यालो छाओस्’,  उनले सामाजिक सञ्जालमा लेखेका छन्, ‘सुगन्ध फैलियोस्, सबैमा सुस्वास्थ्य, सुख, शान्ति र उमङ्गको कामना, सबैलाई भाइटीकाको शुभकामना ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?