+
+

दोस्रो स्वीङ स्टेटमा पनि ट्रम्पको जित

एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलताले ट्रम्प समर्थकमा खुसियाली छाएको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २१ गते ११:४८

२१ कात्तिक, काठमाडौं । अमेरिकी राष्ट्रपति निर्वाचनमा निर्णायक मानिएका सातमध्ये दोस्रो राज्यमा पनि डोनाल्ड ट्रम्पले जित हासिल गरेका छन् ।

बीबीसीका अनुसार ट्रम्पले जर्जिया पनि जितेका छन् । त्यसअघि उनले नर्थ क्यारोलिनामा पनि जितेका थिए ।

१६ इलेक्टोरल भोट रहेको जर्जिया राज्यमा सन् २०२० को निर्वाचनमा डेमोक्रेटिक उम्मेदवार जो बाइडेनले जितेका थिए । १६ इलेक्टोरल भोट नै रहेको नर्थ क्यारोलिनामा भने सन् २०२० मा ट्रम्पले नै जितेका थिए ।

एकपछि अर्को स्वीङ स्टेटमा पाएको सफलताले ट्रम्प समर्थकमा खुसियाली छाएको छ ।

यससँगै ट्रम्पले २४६ इलेक्टोरल भोट पाएका छन् । यो राष्ट्रपतिमा निर्वाचित हुनका लागि चाहिने भोटमध्ये जम्मा २४ कम हो । डेमोक्रेटिक उम्मेदवार कमला ह्यारिसले १८७ इलेक्टोरल भोट पाएकी छन् ।

जनसंख्याको आधारमा अमेरिकाका ५० राज्यहरुमा इलेक्टोरल कलेज भोट दिने गरिन्छ । कूल ५३८ इलेक्टोरल कलेज भोटका लागि अमेरिकामा निर्वाचन हुने गर्दछ । कूल २७० इलेक्टोरल कलेज भोट पाउने उम्मेदवारलाई विजेता घोषणा गरिन्छ ।

अमेरिकाका राज्यका मतदाताहरुले प्रायजसो हरेक निर्वाचनमा एकै पार्टीका उम्मेदवारलाई जिताउँदै आएका छन् । तर सातवटा यस्ता राज्य छन् त्यहाँका मतदाताले कसलाई जिताउँछन् भन्ने अनिश्चित हुने गर्दछ । त्यसैले ती राज्यलाई स्वीङ स्टेट भन्ने गरिएको हो ।

अमेरिकाका स्वीङ स्टेट भनेर एरिजोना, जर्जिया, मिशिगन, नेभाडा, नर्थ क्यारोलिना, पेन्सिलभेनिया र विस्कन्सिनलाई चिनिन्छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?