+
+

बेहुली झैं सिंगारियो कमलपोखरीको छठघाट (तस्वीरहरू)

कमल प्रसाईं/आर्यन धिमाल कमल प्रसाईं/आर्यन धिमाल
२०८१ कात्तिक २१ गते २०:३०

२१ कात्तिक, काठमाडौं। यमपञ्‍चक अर्थात् तिहार सकिएलगत्तै काठमाडौं उपत्यकामा छठको रौनक सुरु भएको छ । काठमाडौं उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरी लगायत स्थानमा छठका लागि गरिएको तयारी अन्तिम चरणमा पुगेको छ ।

छठ पूजाका लागि काठमाडौंका नदी किनार झिलिमिली बत्ती सहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा छठघाट निर्माण थालिएको छ ।

गुह्येश्वरीबाट गौरीघाटसम्म आकर्षक रुपमा सजाएर छठघाट अर्थात् पूजास्थल निर्माण गरिएको छ । उक्त क्षेत्रमा पाँच सय ६७ छठघाट अर्थात् पूजा कक्ष निर्माण गर्न लागिएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका सदस्य चन्द्रकान्त झाले जानकारी दिए ।

उनले भने, ‘हामीले पाँच सय ६७ छठ घाट निर्माण गरेका छौं, आज बिहानसम्म पाँच सय ५० वटा स्टल बुक भइसकेका छन्।’

पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा हुने छठका लागि पशुपति क्षेत्र विकास कोषले तीन लाख रुपैयाँ उपलब्ध गराउने भएको गुह्येश्वरी गौरीघाट छठ पूजा समितिका कोषाध्यक्ष धीरेन्द्रकुमार गुप्ताले बताए ।

यसैगरी कमलपोखरीमा पनि छठघाटलाई बेहुली झैं सिंगारिएको छ । कमलपोखरीमा रहेका हरेक घाटमा टेन्ट राख्ने काम लगभग सकिएको छठ पूजा समाजले जनाएको छ । कमलपोखरीमा २६० वटा टेन्ट बनाएको समितिले जनाएको छ ।

छठका लागि काठमाडौंका गौरीघाट, थापाथली, कमलपोखरीलगायत स्थानमा रहेका नदीहरुको सरसफाइ गरिएको छ ।

हेर्नुहोस् तस्वीरहरू : 

default

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?