२२ कात्तिक, काठमाडौं । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारी मेक्सिको प्रस्थान गरेका छन् ।
मकै र गहुँबालीको प्रवर्द्धनसम्बन्धी अन्तर्राष्ट्रिय संस्था सिआइएमएमआइटीको आयोजनामा हुने विभिन्न कार्यक्रममा सहभागी हुन उनी बुधबार मेक्सिको प्रस्थान गरेको मन्त्रालयले जनाएको छ ।
मन्त्री अधिकारीे मकै र गहुँबाली प्रवर्द्धनसम्बन्धी द्विपक्षीय र बहुपक्षीय बैठकमा सहभागी हुने कार्यक्रम छ । बैठकबाट नेपाल सरकार र सिआइएमएमआइटी संस्थाबीच भएको १० वर्षीय सम्झौताअनुरूपका अनुसन्धान तथा विकास क्रियाकलाप र संयुक्त कार्यक्रमकोे योजना तयार गरिने छ ।
मन्त्री अधिकारीले मेक्सिकोको कृषिसम्बन्धी अधिकारी र आयोजक संस्थाका प्रमुखसँग पनि भेटवार्ता गर्नेछन् ।
उनले नेपालको कृषि विकास रणनीति र नेपाल सरकारले घोषणा गरेको कृषिमा लगानी दशकअनुरूपका क्रियाकलापमा टेवा पुग्ने मन्त्रालयको विश्वास छ ।
मन्त्री अधिकारीको साथमा मन्त्रालयका सहसचिव रामकृष्ण श्रेष्ठ र हरिबहादुर केसी, मन्त्री अधिकारीका निजी सचिव रोशन अधिकारीलगायत छन् ।
प्रतिक्रिया 4