+
+

सूचीकृत कम्पनी सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते ११:३२

२३ कात्तिक, काठमाडौं । सेयर बजारमा सूचीकृत कम्पनी सीईडीबी हाइड्रोपावरको नाम परिवर्तन भएको छ ।

साधारणसभाबाट कम्पनीको नाम परिवर्तन प्रस्ताव पारित भई सीईडीबी होल्डिङस् लिमिटेड रहन गएको छ । कम्पनीको नाममा हाइड्रोपावर जोडिँदा धेरै लगानीकर्ताले यसलाई हाइड्रोपावर सेक्टरको रुपमा बुझ्ने गरेका थिए ।

तर यो कम्पनी लगानी सेक्टरको हो । यहीं कारण कम्पनीले पुरानो नामबाट हाइड्रोपावर हटाएर होल्डिङ्स थप गरेको छ ।  यस कम्पनीले विभिन्न हाइड्रोपावर आयोजना तथा कम्पनीमा लगानी गर्दै आएको छ । बुधबार बजार बन्द हुँदा कम्पनीको सेयर मूल्य प्रतिकित्ता १६६९ रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?