+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

पाथीभरामा केबलकार शिलान्यास विवादमा तीन घाइते

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २३ गते १५:५३

२३ कात्तिक, काठमाडौं । ताप्लेजुङमा रहेको प्रसिद्ध तीर्थस्थल पाथीभरासम्म जाने केबलकार निर्माण गर्ने र नगर्ने विषयमा भएको विवादमा ढुंगा हानाहान हुँदा कम्तिमा तीन जना घाइते भएका छन् ।

ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माका अनुसार, घाइते हुनेमा स्थानीय चन्द्र मादेन, दमोदार अधिकारी र कुमार लिम्बु छन् । उनीहरुलाई जिल्ला अस्पताल ताप्लेजुङ लगिएको शर्माले बताए ।

उनका अनुसार, सशस्त्र प्रहरीका इन्स्पेक्टर डिगेन्द्र ओली पनि सामान्य घाइते भएका छन् । ‘अस्पताल नै लानुपर्ने गरी चाहिँ तीन जना घाइते हुनुभएको छ’, शर्माले अनलाइनखबरसँग भने ।

शुक्रबार दिउँसो १ बजेतिर तल्लोफेदीस्थित काफ्ले पाटीमा केबलकारको स्टेशन बनाउनलाई शिलान्यास गर्ने कार्यक्रम राखिएको थियो । त्यसका लागि नेकपा एमालेका जिल्ला अध्यक्ष डम्बरध्वज तुम्बाहाम्फे, फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनलगायत कार्यक्रमस्थल पुगेका थिए ।

तर, कार्यक्रम सुरु भएलगत्तै पाथीभरामा केबलकार बनाउन दिनुहुँदैन भन्ने समूहका व्यक्तिहरूले ढुंगा हान्न थालेको फुङलिङ नगरपालिकाका मेयर मादेनले अनलाइनखबरसँग बताए ।

‘उनीहरू अग्लो ठाउँमा बसेका थिए, त्यहाँबाट तल ढुंगा हान्दा केही प्रहरी साथीहरू पनि लाग्यो’, उनले भने, ‘यद्यपि, स्काभेटर चलाएर केबलकार शिलान्यास गरिसकेका छौं ।’

सीडीओ शर्माका अनुसार, अहिले स्थितिमा नियन्त्रणमा आइसकेको छ । यद्यपि, दुवै पक्षका व्यक्तिहरु घटनास्थल आसपासमै छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?