+
+
WC Series
Won लुम्बिनी लायन्स 2025
136/6 (19.1)
VS
Lumbini Lions won by 4 wickets
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

सेयर बजार २७३८ अंकमा पुग्यो, पौने १० अर्बको कारोबार

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २५ गते १५:०९

२५ कात्तिक, काठमाडौं । साताको पहिलो दिन आइतबार सेयर बजारले २७०० अंक नाघेको छ । अघिल्लो दिनको तुलनामा नेप्से परिसूचक ६२.५४ अंक बढेर २७३८ मा कायम भएको छ ।

यस दिन कुल २२८ कम्पनीको मूल्य बढ्दा १३ को घट्यो भने तीनको स्थिर रह्यो । यस दिन उल्लेखनीय कारोबार भएको छ । अघिल्लो दिन ५ अर्ब २२ करोडको भएकोमा यस दिन ९ अर्ब ७७ करोडको भयो ।

सबै क्षेत्रका सूचक बढेका छन् । हाइड्रोपावर सेक्टर सबैभन्दा धेरै ४.२६ प्रतिशत बढ्यो । बैंकिङ १.६२, विकास बैंक २.७१, फाइनान्स २.४८, होटल तथा पर्यटन ०.९६, लगानी २.५६, जीवन बीमा २.१६, उत्पादन २.३२, माइक्रोफाइनान्स १.५१, निर्जीवन बीमा १.९५, अन्य २.५२ तथा व्यापार समूह १.१५ प्रतिशत बढे ।

यस दिन ६ कम्पनीको मूल्य १० प्रतिशत बढ्यो । गुराँस लघुवित्त, सिर्जनशील लघुवित्त, सुपरमादी हाइड्रोपावर, बलेफी हाइड्रोपावर, नारायणी डेभलपमेन्ट बैंक र समृद्धि फाइनान्सको मूल्य १० प्रतिशत बढ्यो ।

इस्टर्न हाइड्रोपावरको ९.५, पिपुल्स पावरको ९.०, मैलुङखोलाको ९.०, माउन्टेन हाइड्रो नेपालको ८.८ प्रतिशत मूल्य बढ्यो ।

समाज लघुवित्तको ४.८, मिथिला लघुवित्तको ४.१ तथा कुथेली बुकरी स्मल हाइड्रोपावरको ३ प्रतिशत मूल्य घट्यो । कारोबार रकमका आधारमा सानिमा जीआईसी इन्स्योरेन्स, समृद्धि फाइनान्स, ङादी ग्रुप, एचआईडीसीएल प्रमोटर र साहस ऊर्जा क्रमशः अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Hot Properties
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?