+
+

चुनावमा दैनिक १० लाख डलर खन्याएका मस्क, ट्रम्प राष्ट्रपति बनेपछि के फाइदा लेलान् ?

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १३:३७

नाल्ड ट्रम्पले हालै सम्पन्न अमेरिकी राष्ट्रपतीय चुनावमा जित हात पारेका छन् र आगामी जनवरीमा अमेरिकाको ४७औं राष्ट्रपति बन्दैछन् ।

ह्वाइट हाउसमा ट्रम्पको पुनरागमन उनका प्रमुख समर्थक मध्येका एक एलन मस्कका लागि पनि विशेष बन्नेछ ।

अमेरिकी राष्ट्रपतीय चुनावको नतिजा आएसँगै विश्वका सबैभन्दा धनी व्यक्ति एलन मस्कले फ्लोरिडामा ट्रम्पको ‘मार ए लागो’ रिसोर्टमा ट्रम्पसँगै चुनावी रात बिताए ।

मस्कले आफ्नो सोसल मिडिया प्लाटफर्म एक्समा लेखे-आज राति अमेरिकी जनताले ट्रम्पलाई परिवर्तनका लागि एउटा प्रष्ट जनमत प्रदान गरेका छन् ।

पाम बीच कन्भेन्सन सेन्टरबाट दिएको आफ्नो विजय भाषणमा ट्रम्पले पनि मस्कको प्रसंसा गरे र मस्कको कम्पनी स्पेस एक्सले बनाएका रकेटको सफल अवतरणको बारेमा पनि बोले ।

मस्कले पहिले नै आफ्नो एक यस्तो छवि बनाएका थिए कि उनमा दुर्लभ प्राविधिक क्षमता छ र उनी राजनीतिबाट टाढै रहन्छन् । तर, जुलाई १३ मा पेन्सिल्भेनियाको बटलरमा एउटा चुनावी कार्यक्रमका क्रममा ट्रम्पमाथि भएको हमला पश्चात् उनले ट्रम्पको अभियानलाई आफ्नो पूर्ण समर्थन प्रदान गरे ।

अमेरिकी जनताको अगाडि ५३ वर्षीय दक्षिण अफ्रिकी मूलका बिजनेस टाइकुन मस्कले रिपब्लिकन पार्टीका उम्मेदवार ट्रम्पलाई जिताउनका लागि आफ्नो समय, ज्ञान तथा पैसा खर्चिए ।

यस्तो क्रियाकलाप अमेरिकाका धनाढ्य व्यवसायीहरुमा आमरुपमा देखिन्दैन । उनीहरू पारम्परिक रुपमा पर्दा पछाडिबाट राजनीतिमा प्रभाव पार्न मन पराउँछन् ।

यो अमेरिकी सिइओहरुको पारम्परिक दृष्टिकोणभन्दा नितान्त फरक छ । त्यसैले मस्कको रणनीतिले विश्लेषकहरुलाई उनको उद्धेश्यका बारेमा सोंच्नका लागि बाध्य बनाएको छ ।

दश लाख डलरको चेक

बटलर में मस्क और ट्रंप

मिसिगन विश्वविद्यालयको रोस स्कुल अफ बिजनेसमा उद्यमशीलता विभागका अध्यक्ष एरिक गार्डनका अनुसार राजनीतिलाई लिएर ठूला उद्योगपतिहरुको पारम्परिक दृष्टिकोण सार्वजनिक चर्चाबाट टाढा रहनु हो । तर, मस्कले यो काम हल्लाखल्लाका साथ र पूर्णरुपमा गर्वका साथ गरेका छन् ।

डोनाल्ड ट्रम्पलाई पुनः निर्वाचित गर्ने उद्देश्यबाट मस्कले एक सुपर पिएसी (राजनीतिक कार्य समिति) लाई ११ करोड ९० लाख डलर दान दिए ।

उनले मतदानभन्दा अघिका केही दिनसम्म चुनावको दृष्टिकोणले निकै अहम् महत्व राख्ने राज्यहरुमा गएर ट्रम्पको पक्षमा मतदातालाई एकजुट बनाउन निकै मेहेनत गरे ।

त्यस क्रममा ती क्षेत्रहरुमा मतदाताहरुलाई दैनिक १० लाख डलर पनि दिए । सो रकम एक लट्रीको माध्यमबाट दिइएको थियो, जसलाई कानूनी रुपमा चुनौती समेत दिइयो । तथापि अदालतले त्यस्तो कार्य गैरकानूनी नभएको फैसला गर्‍यो ।

ट्रम्पको जितले मस्कलाई के फाइदा ?

कम्पनीहरू तथा धनाढ्यहरुमाथिको करलाई कम गर्ने ट्रम्पको प्रस्तावबाट एलन मस्कलाई प्रत्यक्ष रुपमा लाभ पुग्नेछ । यसका अलावा नव निर्वाचित राष्ट्रपति ट्रम्पले भनेका छन् कि आफ्नो दोस्रो कार्यकालमा उनले सरकारी श्रोतसाधनको नोक्सानी रोक्नमा सहयोग गर्नका लागि मस्कलाई आफ्नो प्रशासनमा आमन्त्रित गर्नेछन् ।

मस्कले उक्त पहललाई सरकारी दक्षता विभाग अर्थात् डिपार्टमेन्ट अफ गभर्नभेन्ट इफिसिएन्सी (डीओजीई)को नाम दिएका छन् । यो एउटा मिम तथा क्रिप्टोकरेन्सीको नामसँग पनि जोडिएको छ जसलाई उनी आफैंले लोकप्रिय बनाएका थिए । यसलाई डजक्वाइनको नामले पनि चिनिन्छ ।

डेमोक्रेटिक पार्टीका अनुसार ट्रम्पसँग उनको निकट सम्बन्धले निजी स्वार्थहरुको एक जटिल टकराब उत्पन्न गर्न सक्दछ किनकि मस्कलाई स्पेस एक्स र टेस्लाका लागि अर्बौ डलरका सरकारी ठेक्का प्राप्त भएका छन् ।

क्यालिफोर्नियाका गभर्नर गेभिन न्युसामका पूर्वआर्थिक तथा व्यवसायिक सल्लाहकार लेनी मेडोसाका अनुसार यो निकै अनैतिक तथा अवैध हो ।

व्यापारिक कडीहरू 

स्पेसएस्स का जहाज

ट्रम्प राष्ट्रपति बन्दा मस्कका कम्पनीहरुलाई पनि फाइदा हुनसक्छ । त्यसमध्ये एउटा स्पेस ए्रक्स पहिलेदेखि नै सरकारी स्याटेलाइट अन्तरिक्षमा पठाउने व्यवसायमा हाबी छ ।

विद्युतीय गाडी चार्जिङ प्लाटफर्म चार्जवेका सीईओ म्याट टेस्केका अनुसार ह्वाीट हाउसमा एक निकट सहयोगीको मद्दतले मस्कले आफ्ना सरकारी सम्बन्धहरूबाट अधिक लाभ हासिल गर्न चाहनेछन् ।

अमेरिकी रक्षा विभाग पेन्टागन तथा अमेरिकी जासुसी एजेन्सीहरुको अर्बौं डलरको लगानीको मनसायपछि मस्कको कम्पनी स्पेस एक्सले पनि जासुसी उपग्रहहरुको निर्माण सुरु गरेको छ ।

यसबीच मस्कको कम्पनी टेस्लालाई पनि ट्रम्प प्रशासनबाट फाइदा प्राप्त हुनसक्छ किनकि गत महिना सडक सुरक्षाको निगरानी गर्ने अमेरिकी एजेन्सीले टेस्लाको स्वचालित ड्राइभिङ सफ्टवेयर प्रणालीको जाँच गरिरहेको जनाएको थियो ।

टेस्लाका कर्मचारीहरुलाई ट्रेड युनियन गठन गर्नबाट रोक्ने प्रयास गरेका कारणले पनि मस्क आलोचनाको घेरामा छन् ।

हडताल गर्ने कर्मचारीहरुलाई जागिरबाट बर्खास्त गर्ने मस्कको निर्णयका बारेमा पनि एक्स प्लाटफर्ममा ट्रम्प र मस्कले कुराकानी गरेका थिए । ती दुईको कुराकानीपछि युनाइटेड अटो वर्कर्स युनियनले अनुचित श्रम व्यवस्थाका लागि ट्रम्प र मस्कको विरुद्धमा उजुरी दर्ता गरेको थियो ।

–बीबीसी

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?