+

राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर

२०८१ कात्तिक  २६ गते १३:५६ २०८१ कात्तिक २६ गते १३:५६
राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर

काठमाडौं । कलाकार राजेश हमाल लुम्बिनी लायन्सको ब्राण्ड एम्बासडर नियुक्त भएका छन् । नेपाल प्रिमियर लिग (एनपीएल) को फ्रेन्चाइज लुम्बिनीले सोमबार एक कार्यक्रम गर्दै हमाललाई ब्राण्ड एम्बासडरको रुपमा सार्वजनिक हो ।

नेपाली चलचित्रका महानायकका रुपमा परिचित राजेश हमालले क्रिकेटसँग आफ्नो नजिकको सम्बन्ध रहेको र लुम्बिनीको ब्राण्ड एम्बासडर बन्दा खुशी लागेको बताए ।

सम्झाैताको अवधि एक वर्षका लागि रहेको लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले बताए । सम्झाैताको रकम भने खुलाइएको छैन ।

 ब्राण्ड एम्बास्डर बनेपछि राजेश हमालले भने- एकदम खुशी छु

हमालले लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी लागेको बताए । ‘क्रिकेटसँग नजिकको सम्बन्ध छ । मैले क्रिकेटमा असाध्यै इन्ट्रेस्ट दिन थालेको नेपालमै खेल हुन थालेपछि हो,’ उनले भने, ‘आज आएर लुम्बिनी टिमसँग जोडिन पाउँदा एकदम खुशी छु । टिम व्यवस्थपनलाई धन्यवाद ।’

उनले रोहित पाैडेल नेतृत्वको लुम्बिनी टिमले राम्रो गर्छ भन्ने विश्वास लागेको बताए ।

मार्की प्लेअर रोहित पाैडेलले महानायक राजेश हमाल जोडिँदा खुशी लागेको बताए । ‘राजेश हमाल लुम्बिनी लायन्सको मात्र नभएर समग्र देशकै एम्बासडर हुनुहुन्छ । टिमले एकदमै राम्रो सपोर्ट गरेको छ,’ उनले भने, ‘अब पालो हाम्रो हो ।’

कन्सलट्याण्ट प्रशिक्षक शक्ति गाैचनले पनि सिनेमा जगतका महानायक राजेश हमाल लुम्बिनी टिममा जोडिँदा खुसी व्यक्त गरे ।

लुम्बिनी लायन्सका अध्यक्ष ईश्वर जिसीले एनपीएलको उपाधि जित्ने लक्ष्यसहित नै आधारदेखि नै टिम निर्माण गरिरहेको र लक्ष्य उपाधि जित्ने रहेको बताए । साथै उनले एनपीएलमार्फत नेपाली क्रिकेट विकासमा लुम्बिनी लायन्सले पनि केही सहयोग गर्न सक्छ भनेर लागेको बताए ।

राजेश हमाल लुम्बिनी लायन्स

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय