+
+

रेसुंगा र गुल्मीदरबारमा मंगलबार सार्वजनिक बिदा

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २६ गते १५:२६

२६ कात्तिक, गुल्मी । गुल्मीको रेसुंगा नगरपालिका र गुल्मीदरबार गाउँपालिकाले मंगलबार सार्वजनिक बिदा दिएका छन् । २७ कात्तिकमा परेको हरिबोधनी एकादशीको अवसरमा दुई स्थानीय तहले सार्वजनिक बिदा दिएका हुन् ।

रेसुंगाका कार्यबाहक नगरप्रमुख अृमतादेवी कुँवर र गुल्मीदरबार गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत भेषराज घिमिरेले छुट्टाछुट्टै विज्ञप्ति निकालेर एकदशीमा रेसुंगामा ठूलो मेला लाग्ने भएकाले बिदा दिने निर्णय भएको उल्लेख गरेका छन् ।

एकादशीको दिन जिल्लाको धार्मिक, ऐतिहासिक एवं पर्यटकीय स्थल रेसुंगामा ठूलो मेला लाग्छ ।

मेलालाई व्यवस्थित रुपमा मनाउन नगरपालिका र गाउँपालिकाभित्रका वडा कार्यालय, शिक्षण संस्था, स्वास्थ्य संस्था, अन्य सार्वजनिक संघ संस्थाहरुमा सार्वजनिक बिदा दिने निर्णय भएको सूचनामा उल्लेख गरिएको छ ।

अहिले रेसुंगा क्षेत्रभित्र पूर्वाधार विकास, प्राचीन, ऐतिहासिक, धार्मिक, सामाजिक तथा पुरातात्तिवक महत्वका वस्तु र स्थानहरुको संरक्षण, सम्बर्द्धन र प्रचार–प्रसारको काम भइरहेको छ ।

एकादशीमा रेसुंगामा पूजा गर्न गुल्मीसँगै छिमेकी जिल्ला अर्घाखाँची, पाल्पा, बागलुङ, प्यूठान, रुपन्देहीलगायत जिल्लाबाट भक्तजन आउँछन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?