२६ कात्तिक, काठमाडौं । धादिङको गजुरी गाउँपालिका–३ डार्केफाटमा बोलेराले पैदलयात्रुलाई ठक्कर दिंदा एक युवतीको मृत्यु भएको छ ।
मृत्यु हुनेमा बेनीघाट–२ की १९ वर्षीया अनिता मिजार रहेको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी प्रल्हाद सिलवालले जानकारी दिए ।
उनका अनुसार ताल्तिबाट मलेखु जाँदै गरेको बा२०च १९९९ नम्बरको बोलेरोले मिजारलाई ठक्कर दिएको थियो । उक्त बोलेरोकै ठक्करबाट १६ वर्षीया प्रशंसा मिजार घाइते भएकी छन् ।
चालक गोपी बहादुर ठकुरी र बोलेरो प्रहरीको नियन्त्रणमा रहेको सिलवालले जानकारी दिए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4