+
+
Shares

धादिङ बस दुर्घटनाका घाइते भेट्न गृहमन्त्री अस्पतालमा

गृहमन्त्री अर्याल सोमबार दिउँसो कलंकीस्थित नेपाल नेसनल अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइते भेट्न पुगेका हुन् ।

अनलाइनखबर अनलाइनखबर
२०८२ फागुन ११ गते १६:४९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • गृहमन्त्री ओमप्रकाश अर्यालले धादिङ बस दुर्घटनाका घाइते भेट्न सोमबार दिउँसो कलंकीस्थित नेपाल नेसनल अस्पताल र ट्रमा सेन्टरमा पुगेका छन्।
  • धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित त्रिशूली नदीमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको यात्रुबाहक बस दुर्घटना हुँदा १९ जनाको मृत्यु र २५ जना घाइते भएका छन्।
  • घाइतेहरूको उद्धार गरेर कलंकीस्थित नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ।

११ फागुन, काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्याल धादिङ बस दुर्घटनाका घाइते भेट्न अस्पताल पुगेका छन् । गृहमन्त्री अर्याल सोमबार दिउँसो कलंकीस्थित नेपाल नेशनल अस्पताल र ट्रमा सेन्टरमा उपचाररत घाइते भेट्न पुगेका हुन् ।

गएराति करिब १ बजे धादिङको बेनिघाट रोराङ्ग गाउँपालिका–५ भैंसिगौडास्थित त्रिशूली नदीमा पोखराबाट काठमाडौंतर्फ आउँदै गरेको ग २ ख १४२१ नम्बरको यात्रुबाहक बस दुर्घटना भएको थियो ।

दुर्घटनामा परी १९ जनाको मृत्यु भएको थियो, भने २५ जना घाइते भएका थिए । घाइतेहरूको उद्धार गरेर अहिले कलंकीस्थित नेपाल नेसनल अस्पताल, ट्रमा सेन्टर र धादिङस्थित शिक्षण अस्पतालमा उपचार भइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?