
News Summary
Generated by OK AI. Editorially reviewed.- गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलन हिंसात्मक हुनुमा आपराधिक मानसिकता भएका व्यक्तिहरूको भूमिका रहेको बताए।
- मन्त्री अर्यालले आन्दोलनका क्रममा सरकारी प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान र निजी सम्पत्तिमा तोडफोड, आगजनी र लुटपाट भएको जानकारी दिए।
- उनले सयौं प्रहरी कार्यालयमा आगजनी, सवारी साधन तोडफोड र प्रहरीमाथि भौतिक आक्रमण भएको पनि उल्लेख गरे।
३१ असोज, काठमाडौं । जेनजी आन्दोलनको क्रममा आपराधिक मानसिकता भएका व्यक्तिका कारण हिंसात्मक बनेको गृहमन्त्री ओमप्रकाश अर्यालले बताएका छन् ।
७० औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय नक्सालमा भएको कार्यक्रममा बोल्दै मन्त्री अर्यालले उक्त कुरा बताएका हुन् ।
‘आपराधिक मानसिकताका व्यक्तिहरूले आन्दोलनको आडमा नेपाल सरकारका महत्त्वपूर्ण प्रतिष्ठान, व्यापारिक प्रतिष्ठान, सार्वजनिक सेवा प्रदायक कार्यालयहरू तथा व्यक्तिका निजी सम्पत्ति समेतमा तोडफोड, आगजनी र लुटपाट गरी आन्दोलनलाई हिंसात्मक बनाए,’ मन्त्री अर्यालले भने ।
त्यस्तै सयौं प्रहरी कार्यालयमा आगजनी भएको पनि उनले बताए ।
‘सवारी साधनहरु तोडफोड भए । हातहतियार तथा सुरक्षा उपकरणहरुको लुटपाट भयो । प्रहरीमाथि भौतिक आक्रमण पनि भयो तर नेपाल प्रहरी नागरिक स्पंदनमा बसेको संगठन हो भन्ने सत्य पनि हाल नागरिक सहभागितामा भएको मर्मत र पुनर्स्थापनाले पुष्टि गरेको छ’ मन्त्री अर्यालले भने ।
प्रतिक्रिया 4