+
+

ने-पप, जे-पप र के-पपका कलाकार काठमाडौंमा एकसाथ गुञ्जिने

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २७ गते १५:४९

काठमाडौं । पुस ५ र ६ गते हायात होटलमा ‘के पप टुर इन नेपाल’ आयोजना हुने भएको छ । दिउँसो १ बजेदेखि राति १० बजेसम्म कार्यक्रममा नेपाल (ने-पप), दक्षिण कोरिया (के-पप) र जापान (जे-पप)का कलाकारले प्रस्तुति दिने जनाइएको छ ।

तीन मुलुकको पप संस्कृतिका कलाकारले एकसाथ प्रस्तुति दिन लागेको यो पहिलो अवसर हो । दक्षिण कोरियासँग नेपालको कूटनीतिक सम्बन्ध स्थापना भएको ५० वर्ष पुगेको सन्दर्भमा टुर आयोजना हुन लागेको हो ।

यसबाहेक अन्य कार्यक्रम पनि आयोजना भइरहेका छन् । उक्त अवसरमा जापान र दक्षिण कोरियाली कलाकारसँग नेपाली कलाकारले एकअर्काको मुलुकको संस्कृतिक झल्किने प्रस्तुति पनि दिने जनाइएको छ ।

कार्यक्रममा चर्चित नेपाली ब्यान्ड कुटुम्ब, गायक दीपक बज्राचार्य र करण परियारले आफ्नो प्रस्तुति दिनेछन् । केल्ट नाइन वी, बस्टर्च ग्रुप, डस्टिन ग्रुप, लभ वन ग्रुप, सामुराई लगायतका ब्यान्डले प्रस्तुति दिनेछन् । एओनियो मामी, हान सेह्युनले पनि प्रस्तुति दिने तयारी छ ।

ग्रान्ड च्यारिटी नेपालले टुर आयोजना गर्न लागेको हो । दर्शकले नेपालसँगै दक्षिण कोरिया र जापानका कलाकारको प्रस्तुतिबाट नयाँ अनुभव ग्रहण गर्न सक्ने आयोजकको अपेक्षा छ । यसका लागि टिकट बिक्री खुला भएको जनाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?