+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

संस्कृतिविद् हरिराम जोशी र छत्रबहादुर कायस्थलाई ललितपुर महानगरको सम्मान

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक २९ गते १४:३२

२९ कात्तिक, काठमाडौं । ललितपुर महानगरले संस्कृति संरक्षणको क्षेत्रमा निरन्तर लागिपरेका संस्कृति शिरोमणि, अनुसन्धानकर्ता एवम् पुरातत्वविद् हरिराम जोशी र संस्कृतिविद्, अन्वेषक र वरिष्ठ साहित्यकार छत्रबहादुर कायस्थलाई विशेष सुविधा दिएर सम्मान गरेको छ ।

ललितपुर महानगरले बिहीबार अपरान्ह एक कार्यक्रम आयोजना गरेर सम्मान गरेको हो । महानगरको दिनचर्या सहज बनाउनका लागि सवारी साधन, सुरक्षाकर्मीको रुपमा नगर प्रहरी, मोवाइल सेट हस्तान्तरण गरेर सम्मान गरेको हो ।

यसका साथै अस्पताल भर्ना भई स्वास्थ्य उपचार गराउनु परेको अवस्थामा लाग्ने सम्पूर्ण खर्च महानगरपालिकाले व्यहोर्नेछ । ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कार्यपालिकाले गरेको निर्णय कार्यान्वयन गर्न कार्यक्रम गरेको बताए। उनले भने, ‘उहाँहरुको दिनचर्या सहज होस्, हिँडडुल गर्न सजिलो होस् भनेर कार्यपालिकाबाट यस्तो निर्णय गरेका हौँ ।’

ललितपुर महानगरको वडा नं.५ निवासी हरिराम जोशी वि.सं. १९९२ जन्मिएका हुन् । त्यसैगरी छत्रबहादुर कायस्थको जन्म वि.सं.१९९९ मा भएको हो ।

संस्कृति शिरोमणि हरिराम जोशीका पुस्तकहरु राष्ट्रिय र अन्तर्राष्ट्रिय विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएका छन् । संस्कृतिका विविध विधामा जोशीद्धारा लिखित तीन दर्जन भन्दा धेरै पुस्तक सार्वजनिक भएका छन् ।

यसैगरी सम्मानित भएका अर्का व्यक्तित्व संस्कृतिविद् छत्रबहादुर कायस्थद्धारा लिखित ५ दर्जनभन्दा बढी पुस्तक प्रकाशित भएका छन् । कायस्थद्धारा लिखित पुस्तक पनि विश्वविद्यालयको पाठ्यपुस्तकको रुपमा समावेश भएको छ ।

ललितपुर महानगरका प्रमुख चिरीबाबु महर्जनले कलासंस्कृति र सम्पदा संरक्षणमा योगदान पुर्‍याउने व्यक्तित्वको सम्मान र कदर गर्ने कार्यक्रम गरेको बताए ।

उनले भने, ‘ललितपुर महानगरपालिका र नेपाललाई कलासंस्कृति, सम्पदा र भाषाको माध्यमबाट राष्ट्रिय र अन्तर्राष्ट्रिय रुपमा परिचित गराउने व्यक्तित्वको सम्मानमा गरिएको यस निर्णयबाट महानगरपालिका गौरवान्वित भएको छ। ’

ललितपुर महानगरपालिकाले यस अघिसंस्कृतिविद्, शताब्दीपुरुष सत्यमोहन जोशीको सम्मान स्वरुप सवारीसाधन, सुरक्षाकर्मी र संचारसाधन उपलब्ध गराएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?