+
+

डिजल र मट्टीतेलको मूल्‍य बढ्यो

अनलाइनखबर अनलाइनखबर
२०८१ कात्तिक ३० गते २०:३६

३० कात्तिक, काठमाडौं । नेपाल आयल निगमले डिजल र मट्टीतेलको मूल्य बढाएको छ । शुक्रबार साँझ बसेको निगम सञ्चालक समितिको बैठकले डिजल र मिट्टीतेलमा प्रतिलिटर ३ रुपैयाँ मूल्य बढाएको हो ।

यो मूल्य शनिबार मध्यराति १२ बजेदेखि लागू हुनेछ ।

मूल्य बढेपछि चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलबारी, नेपालगञ्ज, धनगढी र वीरगञ्ज क्षेत्रमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५०.५० रुपैयाँ कायम भएको छ।

यस्तै सुर्खेत र दाङमा डिजल र मट्टीतेलको मूल्य प्रतिलिटर १५२ रुपैयाँ कायम भएको छ भने काठमाडौं, पोखरा र दिपायलमा डिजल र मट्टीतेलको मूल्‍य प्रतिलिटर १५३ रुपैयाँ कायम भएको छ ।

तर, पेट्रोलको मूल्‍य भने बढाइएको छैन।

हेर्नुहोस् मूल्यसूची : 

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?