
२ मंसिर, काठमाडौं । नेपाल राष्ट्र बैंकले एक वर्षमा साढे ७३ अर्ब रुपैयाँ खुद आम्दानी गरेको छ ।
आर्थिक वर्ष २०८०/८१ मा नेपाल राष्ट्र बैंकले ७३ अर्ब ७६ करोड २३ लाख रुपैयाँ बराबर खुद आम्दानी गर्न सफल भएको बैंकले आइतबार अर्थमन्त्री विष्णुप्रसाद पौडेललाई बुझाएको विवरणमा उल्लेख छ ।
नेपाल राष्ट्र बैंकले यस आवमा अघिल्लो आवको तुलनामा २१.९६ प्रतिशत धेरै आय गर्न सफल भएको छ ।
यस वर्ष खुद मुनाफाबाट आवश्यक कोषहरूमा राख्नु पर्ने रकम छुट्याएर ३७ अर्ब २२ करोड ३८ लाख रुपैयाँ नेपाल सरकारलाई उपलब्ध गराउने निर्णय भएको समेत राष्ट्र बैंकले जनाएको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4