
४ मंसिर, काठमाडौं । मंगलबार सेयर बजारमा कुल १० अर्ब ४६ करोड रुपैयाँको कारोबार भयो ।
यो कारोबार रकममा टप १० ब्रोकर कम्पनीको हिस्सा ३३ प्रतिशत हो । टप १० ब्रोकर कम्पनीमार्फत यस दिन ३ अर्ब २८ करोड रुपैयाँको धितोपत्र खरिद हुँदा ३ अर्ब ६५ करोड रुपैयाँको बिक्री भयो ।
यस दिन टप १० मध्ये अधिकांश ब्रोकर ८ कम्पनीमार्फत बिक्री बढी भएको छ । नासा, भिजन, सनी, अनलाइन, लिन्च, श्रीहरि, दिपशिखा र क्यापिटलमार्फत बिक्री धेरै भएको छ । इम्पेरियल र आर्यतारामार्फत खरिद धेरै भएको छ ।
यस दिन हाइड्रोपावर सेक्टरको सबैभन्दा धेरै ४ अर्ब ४ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । त्यसपछि फाइनान्स सेक्टरको सबैभन्दा धेरै १ अर्ब ७२ करोडको कारोबार भयो ।
धेरै कारोबार भएका कम्पनीमा ङादी ग्रुप पावर, समृद्धि फाइनान्स, पोखरा फाइनान्स, पिपुल्स हाइड्रोपावर, सिंगटी हाइड्रोपावर, हिमालय ऊर्जा विकास कम्पनी, जानाकी फाइनान्स, नेपाल फाइनान्स क्रमशः अगाडि रहे ।
प्रतिक्रिया 4