+

नाथन सोटरले काठमाडौंबाट खेल्ने

२०८१ मंसिर  ५ गते ७:५७ २०८१ मंसिर ५ गते ७:५७
नाथन सोटरले काठमाडौंबाट खेल्ने

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल)को फ्रेन्चाइज टोली काठमाडौं गुर्खाजले इंग्ल्याण्डका लेग-स्पिनर नाथन सोटरलाई टोलीमा अनुबन्ध गरेको छ ।

टी-२० ब्लास्ट सहित इंग्लिस घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गर्दै आएका सोटरले आफ्नो किफायती बलिङमार्फत खेल नै परिवर्तन गर्न सक्ने क्षमता राख्छन् । उनको आगमनले टिमको बलिङ आक्रमण थप बलियो भएको टोलीले जनाएको छ ।

टिमका सीईओ सन्देश कटवालले सोटरको आगमनबारे भने, ‘उनले हाम्रो टोलीमा अनुभवको स्तरलाई अझ बढाउनेछन्, उनको क्षमता हाम्रो टोलीको लागि महत्वपूर्ण हुनेछ, हामी उनलाई स्वागत गर्न पाउँदा उत्साहित छौं।’

त्यस्तै काठमाडौंसँग जोडिन पाउँदा उत्सहित भएको उल्लेख गर्दै सोटरले भनेका छन्, ‘काठमाडौंमा सामेल हुनु मेरो लागि सम्मानको पनि कुरा हो, म नेपाली फ्यान्सको अगाडि प्रदर्शन गर्न उत्साहित छु, यो सिजनलाई अविस्मरणीय बनाऔं ।’

३२ वर्षीय सोटर अस्ट्रेलियामा जन्मिएर घरेलु टोली न्यू साउथ वेल्सको यू-२३ टोलीबाट खेलेका थिए । उनीसँग द हन्ड्रेड, इन्टरनेशनल लिग टी२०, भाइटालिटी ब्लास्ट, क्यारेबियन प्रिमियर लिगजस्ता प्रतियोगिता खेलिसकेका छन् । उनले १४३ टी२० खेलमा १५४ विकेट लिएका छन् । उनले इकोनोमी ७.५ को हाराहारीमा हुने गर्छ ।

सोटर काठमाडौंले अनुबन्ध गरेको पाँचौं विदेशी खेलाडी हुन् । यसअघि काठमाडौंले इंग्ल्यान्डकै स्टेफन इस्किनाजी र डान डौथवेटलाई टोलीमा अनुबन्ध गर्दा नेदरल्याण्ड्सका माइकल लेभिट र नामिबियाका जेरार्ड इरास्मसलाई टोलीमा भित्र्याएको थियो ।

काठमाडौंका अन्य खेलाडीमा मार्की करण केसीसहित भिम शार्की, शाहब आलम, रासिद खान, दिपेश कँडेल, कृष्ण कार्की, सुमित महर्जन, शंकर राना, राजु रिजाल, प्रतिक श्रेष्ठ, विवेक केसी छन् ।

एनपीएल आगामी मंसिर १५ गतेदेखि काठमाडौंमा सुरू हुँदै छ ।

काठमाडौं गुर्खाज नाथन सोटर

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय