+

चितवन राइनोजको मुख्य प्रायोजकमा ब्लु स्टार

२०८१ मंसिर  ५ गते १८:३४ २०८१ मंसिर ५ गते १८:३४
चितवन राइनोजको मुख्य प्रायोजकमा ब्लु स्टार

५ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) को फ्रेन्चाइज टोली चितवन राइनोजको मुख्य प्रायोजकको रुपमा ब्लु स्टार जोडिएको छ ।

घरेलु सामाग्री उत्पादक ब्लु स्टारका प्रतिनिधी प्रतिक पन्त र चितवन राइनोज टिमका अध्यक्ष आयुष न्यौपानेबीच बुधबार सम्झौतामा हस्ताक्षर भएको चितवन राइनोजले विज्ञप्तीमार्फत जनाएको छ ।

ओजस्वी  इलेक्ट्रोनिक्स प्रालीका अध्यक्ष तथा ब्लु स्टारका प्रतिनिधि पन्तले चितवन राइनोजसँग यो सहकार्य गर्न पाउँदा खुसी लागेको बताए । ‘हामीले उत्साहका साथ यो साझेदारी गरेका छौँ । यसले नेपालको क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याउने विश्वास छ ।’  पन्तले चिनवमा रंगशाला बन्दै गरेको र क्रिकेट संस्कृति निर्माण गर्ने योजना रहेको बताए ।

यस्तै चितवन राइनोजका अध्यक्ष आयुष न्यौपानेले सो साझेदारीले नेपाली क्रिकेटलाई नयाँ उचाईमा पुर्‍याउन मदत गर्ने बताए ।

चितवन राइनोजले सोमबार चितवनमा एक कार्यक्रम आयोजना गर्दै टोलीको आधिकारिक जर्सी, एन्थम र मस्कट सार्वजनिक गरेको थियो ।

राष्ट्रिय टिमका अलराउण्डर कुशल मल्ल मार्की प्लेअर रहेको चितवनको‌ मुख्य प्रशिक्षकमा उमेश पटवाल छन् ।

८ टिमको सहभागिता रहेको एनपीएलको पहिलो संस्करण यही मंसिर १५ देखि पुस ६ गतेसम्म कीर्तिपुरस्थित टीयू मैदानमा हुनेछ ।

चितवन राइनोज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय