+
+

विदेश पठाउने भन्दै फेसबुकमा विज्ञापन गरेर ठगेको आरोपमा एक युवक पक्राउ

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ६ गते १२:०७

६ मंसिर, काठमाडौं । विदेश पठाउने भन्दै सामाजिक सञ्जालमा फेसबुकमा विज्ञापन गरेर ठगी गरेको आरोपमा एक युवक पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्साको वीरगञ्ज घर भइ काठमाडौं तारकेश्वर बस्दै आएका २१ वर्षीय सुरज पौडेल छन् । उनलाई काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले पक्राउ गरेको हो ।

उनले फेसबुकमा सुवेदी अभिशेक नामको आईडी खोलेर दुवईमा रोजगारीमा पठाउने भन्दै विज्ञापन गरेका थिए ।

त्यसपछि विभिन्न व्यक्तिहरुसँग सम्पर्क गरी आफ्नो बैंक खातामा रकम जम्मा गर्न लगाएर ठगी गरेको खुलेको अपराध अनुसन्धान कार्यालयका एसपी काजिकुमार आचार्यले बताए ।

उनीविरुद्ध अहिलेसम्म २ लाख १५ हजार रुपैयाँ ठगी भएको भन्दै उजुरी परेको छ ।

पक्राउ परेका पौडेललाई कारबाहीका लागि जिल्ला प्रहरी परिसर भद्रकाली काठमाडौं पठाइएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?