+
+
WC Series
लुम्बिनी लायन्स 2025
4/1 (1.3)
VS
१११ बलमा १२९ रन आवश्यक
जनकपुर बोल्ट्स 2025
132/6 (20)
Shares

जनमतकी सांसद सापकोटालाई पदबाट हटाउन सभामुखले चौथोपटक पनि गरे इन्कार

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १५:२६

७ मंसिर, काठमाडौं । सभामुख देवराज घिमिरेले जनमत पार्टीकी समानुपातिक सांसद गोमा लाभ (सापकोटा)लाई पदबाट हटाउन चौथोपटक पनि इन्कार गरेका छन् ।

जनमत पार्टीले पेस गरेका ‘डकुमेन्ट विश्वसनीय नभएको’ भन्दै सभामुख घिमिरेले सांसद सापकोटालाई नहटाउने निर्णय गरेका हुन् ।

जनमत पार्टीले अनुशासन विपरीतको काम गरेको भन्दै सापकोटालाई कारबाहीको निर्णय गरेको थियो । साथै पार्टीले कारबाही गरिसकेको भन्दै सांसद पदबाट पनि हटाउन माग गर्दै जनमत पार्टीका संसदीय दलका नेता सीके राउतले सभामुखलाई पत्र पठाएका थिए ।

तर सभामुख घिमिरेले आज कम्बोडिया जानुअघि सांसद सापकोटालाई कारबाही नगर्ने निर्णय गरेका हुन् । सभामुख घिमिरेका प्रेस विज्ञ शेखर अधिकारीले भने, ‘जनमत पार्टीले जुन डकुमेन्ट पेस गरेको छ, त्यो नमिलेकाले सूचना टाँस गर्नुपरेन ।’

सापकोटालाई पदबाट हटाइएको सूचना सभामुखले टाँस गर्नुपर्ने मागसहित जनमत पार्टीले पहिलो पटक २७ फागुन २०८०, दोस्रोपटक १ चैत २०८०, तेस्रोपटक २७ भदौ २०८१ र चौथोपटक यही कात्तिक २७ गते संसद सचिवालयमा निवेदन दिएको थियो ।

सांसद सापकोटाले भने आफूले गलत गरेको प्रमाणित गरेर देखाउन सीके राउतलाई चुनौती दिएकी छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?