+
+

कालीकोटबाट टीकापुर जाँदै गरेको बस दैलेखमा दुर्घटना

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर ७ गते १७:५६

७ मंसिर, काठमाडौं । जुम्लाको कालीकोटबाट कैलालीको टिकापुरतर्फ जाँदै गरेको बस दैलेखमा दुर्घटना भएको छ । दैलेखको आठबिस नगरपालिका–३ दुइसिस्ने भन्ने ठाउँमा ना ४ ख ६०५६ नम्बरको बस दुर्घटना भएको हो ।

दुर्घटनामा परेर घाइते भएकामध्ये ८ जनाको उद्धार गरेर स्थानीय अस्पताल पठाइएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक (इन्स्पेक्टर) लालबहादुर सुनारले अनलाइनखबरलाई जानकारी दिए ।

अन्य यात्रुहरू सामान्य घाइते भएका छन् । उनका अनुसार अहिले प्रहरीको टोली पुगेर उद्धारको कार्य अघि बढाएको छ ।

बसमा कति यात्रु सवार थिए भन्ने खुलिनसकेको र विवरण संकलनको कार्य भइरहेको छ । प्रहरीका अनुसार बस भित्तामा ठोकिएको अवस्थामा छ । दुर्घटनाको कारण खुलिसकेको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?