 
																			१० मंसिर, काठमाडौं । आम जनता पार्टीका अध्यक्ष तथा पूर्वमन्त्री प्रभु साहले प्रधानमन्त्री केपी शर्मा ओलीको आसन्न चीन भ्रमण केका लागि हो भन्दै प्रश्न गरेका छन् ।
सोमबारदेखसि सुरु भएको पार्टीको स्थायी कमिटी बैठकमा सम्बोधन गर्दै साहले भ्रमण देशको लागि हो कि तीर्थयात्रामात्रै हो ? भन्दै प्रश्न गरेका हुन् । उनले यसबारे जनतालाई जानकारी नगराएको भन्दै आपत्ति जनाए ।
‘हामी सुन्दैछौं प्रधानमन्त्री चीन जाँदै हुनुहुन्छ । यो भ्रमणको लागि भ्रमण हो कि तीर्थयात्रा हो ? देशको लागि भ्रमण हो कि व्यक्तिगत भ्रमण हो ? चीन भ्रमणबारे जनतालाई थाहा दिनुपर्ने हो, तर आज हामी अन्योलमा छौं’, उनले भने ।
अर्को प्रशंगमा उनले अहिले विश्वसामु नै नेपालको इमेज खस्किंदै गएको टिप्पणी गरे । वर्तमान सरकारको व्यक्तिवादी र निहीत स्वार्थ र सोचको कारण यस्तो अवस्था आएको उनको आरोप छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4