 
																			११ मंसिर, काठमाडौं । कीर्तिपुरमा एकीकृत समाजवादीले नेकपा माओवादी केन्द्रलाई समर्थन गर्ने भएको छ ।
१६ मंसिरमा हुने उपनिर्वाचनमा दुई दलबीच तालमेल गर्ने निर्णय भएपनि एकीकृत समाजवादीका तर्फबाट भानु रिजालले प्रमुख पदमा उम्मेदवारी दिएका थिए ।
रिजालले मंगलबार विज्ञप्ति निकालेर आफ्नो उम्मेदवारी निष्क्रिय भएको जानकारी गराएका छन् । पार्टी केन्द्रको निर्णय अनुसार उम्मेदवारी निष्क्रिय गरेको उनले बताए ।
नगर प्रमुख पदमा माओवादी केन्द्रका प्रा.डा. शिवशरण महर्जन र वडा नम्बर ४ को वडाध्यक्षमा एकीकृत समाजवादीको उम्मेदवार रिता खड्कालाई मत दिन रिजालले आग्रह गरेका छन् ।
कीर्तिपुरमा प्रमुख पदका लागि २० जनाले उम्मेदवारी दर्ता गरेका थिए । आगामी मंसिर १६ गते उपनिर्वाचन हुँदै छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4