+

काठमाडौंका तीन विदेशी खेलाडी नेपाल आइपुगे

२०८१ मंसिर  १२ गते १६:३२ २०८१ मंसिर १२ गते १६:३२
काठमाडौंका तीन विदेशी खेलाडी नेपाल आइपुगे

१२ मंसिर, काठमाडौं । आगामी मंसिर १५ देखि काठमाडौंमा सुरू हुने नेपाल प्रिमियर लिग एनपीएल क्रिकेट खेल्न काठमाडौं गुर्खाजका विदेशी खेलाडी नेपाल आइपुगेका छन् ।

बुधबार इंग्ल्याण्डका तीनजना खेलाडी स्टेफेन इस्किनाजी, डान डौथवेट र नाथन सोटर काठमाडौं आइपुगेका हुन् । उनीहरूलाई टिमका अफिसियलहरूले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरेका थिए ।

काठमाडौंका पाँच विदेशी खेलाडीहरूमध्ये माइकल लेभिट यसअघि नै आइसकेका थिए भने नामिबियाका जेरार्ड एरास्मस आउन बाँकी छ ।

काठमाडौंको मार्की खेलाडीमा राष्ट्रिय टोलीका अलराउण्डर करण केसी छन् । प्रशिक्षक वसन्त शाही ठकुरी छन् ।

काठमाडौंले आफ्नो पहिलो खेलमा चितवन राइनोजसँग मंसिर १७ मा खेल्ने छ ।

काठमाडौं गुर्खाज
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय