 
																			१२ मंसिर, काठमाडौं। शहरी विकास मन्त्रालयका सचिव मणिराम गेलाल आजदेखि अवकाश पाएका छन्।
उपप्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले आज मन्त्रालयमा आयोजित एक कार्यक्रमकाबीच उनलाई विदाइ गरेका हुन्।
०५२ सालमा सेवाप्रवेश गरेका गेलाल ५८ वर्षे उमेर हदका कारण सेवानिवृत्त भएका हुन्।
उपप्रधान एवम् शहरी विकास मन्त्री सिंहले सचिव गेलालसँगको छोटो अवधिको सहकार्य भएपनि स्मरणीय रहेको बताए ।
उनले गेलालको व्यवसायिक क्षमताको प्रशंसा गर्दै निवृत्त जीवन राम्रो होस् भन्दै शुभकामना व्यक्त गरे।
गेलालले सरकारी सेवामा २९ वर्ष ५ महिना विताएको र सो अवधि आफ्ना लागि स्मरणीय रहेको बताए ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
            भर्खरै
            पुराना
            लोकप्रिय
            
        
            ट्रेन्डिङ
                        Advertisment
                        
                                    
        
    
                        
                    
                    
                    
                     
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4