१३ मंसिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) खेल्न ओमानका पूर्वकप्तान जिशान मक्सुद नेपाल आइपुगेका छन् ।
कर्णाली याक्समा अनुबन्ध भएका मक्सुद बिहीबार विहान नेपाल आइपुगेका हुन् । उनलाई कर्णाली याक्सका मालिक झनकदत्त खनाल, सहमालिक गृहेन्द्र घिमिरे र प्रशिक्षक ज्ञानेन्द्र मल्लले स्वागत गरेका थिए ।
यसअघि बाबर हायात र चाडविक वाल्टन नेपाल आइसकेका छन् । एनपीएलको सबैभन्दा ठुलो विदेशी नाम शिखर धवन भने आउन बाँकी छ ।
कर्णाली याक्सका मार्की प्लेयर सोमपाल कामी छन् भने प्रशिक्षकमा नेपाली राष्ट्रिय टोलीका पूर्वकप्तान ज्ञानेन्द्र मल्ल छन् ।
प्रतिक्रिया 4