+
+

फेरि अस्पताल भर्ना भए दुर्गा प्रसाईं

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १३ गते १९:०६
फाइल तस्वीर

१३ मंसिर, काठमाडौं । विद्युतीय कारोबार ऐन, २०६३ विपरीतको कसुर गरेको आरोपमा पक्राउ परेका दुर्गा प्रसाईं अस्पताल भर्ना भएका छन् ।

उनलाई बिहीबार अपराह्न ललितपुरस्थित नेपाल क्यान्सर अस्पताल, हरिसिद्धी भर्ना गरिएको प्रहरी स्रोतले अनलाइनखबरसँग बतायो ।

जिल्ला अदालत, काठमाडौंमा म्याद थप गर्न प्रहरीले लगेका बेला उनले न्यायाधीशसँग आफू क्यान्सर रोगी भएको र उपचार गर्न समेत नपाएको गुनासो गरेका थिए । त्यसपछि न्यायाधीशले स्वास्थ्य जाँच गराएर चिकित्सकले भनेअनुसार गर्न आदेश दिएका थिए ।

प्रहरीले उनलाई वीर अस्पताल लगेर जाँच गराइएको थियो । चिकित्सकहरूले फिर्ता पठाइदिएपछि उनलाई फेरि प्रहरी वृत्त, सिंहदरबारको हिरासतमा राखिएको थियो ।

‘अहिले फेरि उहाँले समस्या भएको बताएपछि पहिले जाँच गरिरहेको ठाउँमा जाँच गर्न पठाइएको हो’, एक अधिकृतले भने ।

प्रहरीले उनलाई ४ मंसिरमा भक्तपुरस्थित निवासबाट पक्राउ गरेको थियो । उनले प्रधानमन्त्री केपी शर्मा ओलीको कम्बोडियास्थित स्मार्ट एक्जिएटा कम्पनीमा लगानी रहेको भन्दै अभिव्यक्ति दिएका थिए । प्रहरीले प्रारम्भिक जाँच गर्दा उनले देखाएका कागजातहरू कीर्ते र फर्जी भएको फेला परेपछि प्रसाईंलाई समात्न प्रहरीले पक्राउ अनुमति लिएको थियो ।

सुरुमा प्रसाईंलाई केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नियन्त्रणमा लिएपनि पछिल्लो समय ब्यूरो मातहतको साइबर ब्यूरोले प्रसाईंमाथि जाँच गरिरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?