 
																			१३ मंसिर, काठमाडौं । सर्वोच्च अदालतले मेडिकल व्यवसायी दुर्गा प्रसाईंको स्वास्थ्य उपचारको व्यवस्था गर्न सरकारका नाममा निर्देशनात्मक आदेश जारी गरेको छ ।
दुर्गाका छोरा निराजन प्रसाईंले दायर गरेको बन्दीप्रत्यक्षीकरणको निवेदनमाथिको सुनुवाईपछि सर्वोच्च अदालतले उनको उपचारको व्यवस्था मिलाउन आदेश दिएको हो ।
न्यायाधीशहरू महेश शर्मा पौडेल र नित्यानन्द पाण्डेयको इजलासले जारी गरेको आदेशमा भनिएको छ, ‘क्यान्सर जस्तो संवेदनशील रोगको गम्भीर्यता समेत विचार गरी निवेदकको स्वास्थ्य उपचारको उपयुक्त प्रबन्ध गर्नु भनी अनुसन्धान गर्ने निकायका नाममा निर्देशनात्मक आदेश जारी गरिएको छ ।’
निराजनले आफ्ना बाबुलाई क्यान्सर भएको र अनुसन्धान गर्ने निकायले त्यसतर्फ ध्यान नदिएको भनी सर्वोच्च अदालतमा गुनासो गरेका थिए । त्यसपछि सर्वोच्चले निर्देशनात्मक आदेश दिएको हो ।
प्रसाईले आफ्ना बाबुलाई गैरकानूनी रुपमा थुनामा राखिएको भनी गरेको दाबी भने सर्वोच्च अदालतले बुधबार नै खारेज गरिदिएको थियो । त्यसैको आदेशको व्यहोरा बिहीबार सार्वजनिक भएको हो ।
 
                









 
                     
                                 
                 
                 
                 
                 
                 
         
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                                 
                                             
                                             
                                             
                                             
                                             
                                             
                 
                 
                 
                 
                 
                 
                 
                
प्रतिक्रिया 4