
काठमाडौं । शारीरिक अस्वस्थताले गायनमा सक्रिय हुन नसकिरहेका गायक ओमविक्रम विष्टले दुई नयाँ गीत सार्वजनिक गरेका छन् । आयोजित पत्रकार सम्मेलनमा उनको स्वर समावेश ‘यो जुनी त यस्तै भो’ र ‘बगैंचा भरि’ बोलका गीत सार्वजनिक गरियो ।
समारोहमा यी गीतका सांगीतिक भिडियो पनि सार्वजनिक गरिए । गायक दीप श्रेष्ठको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा बिष्ट, संगीतकार प्रकाश गुरुङ, गायकहरु योगेश्वर अमात्य, जेम्स प्रधान लगायत उपस्थित थिए ।
दुबै भिडियोलाई सोनम पाख्रिनले निर्देशन गरेका हुन् । ‘यो जुनी त यस्तै भो’मा शब्द तथा संगीत राजेश गुरुङको छ । ‘बगैचा भरि’मा संगीत विष्ट स्वयमले दिएका छन् । यसमा पनि शब्द रचना गुरुङको छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4