+
+

एनसीएचएल डेप्युटी सीईओमा नीरजमान सैंजु

अनलाइनखबर अनलाइनखबर
२०८१ मंसिर १६ गते १९:२०

काठमाडौं । नेपाल क्लियरिङ हाउस लिमिटेड डेप्युटी सीईओमा नीरजमान सैंजु नियुक्त भएका छन् । सैंजुले आइतबारदेखि कार्यभार सम्हालेका छन् ।

सैंजुसँग रेमिट्यान्स कम्पनी, विभिन्न वाणिज्य बैंक लगायतमा आबद्ध रही १५ वर्षभन्दा लामो काम गरेको अनुभव छ । सैंजुले एमबीएस तथा एमबीएमा मास्टर्स डिग्री गरेका छन् ।

उनीसँग भएको अनुभव एवम् कार्य कुशलताले एनसीएचएललाई नयाँ उचाइमा पु¥याउनेमा कम्पनी विश्वस्त रहेको जनाएको छ ।

एनसीएचएलले आफ्नो १ सय २६ भन्दा बढी कर्मचारी मार्फत ५३ सदस्य बैंक तथा वित्तीय संस्थाहरूलाई एनसीएचएल–ईसीसी, एनसीएचएल–आईपीएस, रिटेल पेमेन्ट स्विच, कनेक्ट आर्टीजीएस, नेसनल पेमेन्ट्स, कनेक्ट आईपीएस, कर्पोरेट, नेपालपे क्यूआर र ईएफटी सर्भिस सञ्चालन गरी सेवा प्रदान गर्दै आइरहेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?